नेपाल
दक्षिण एसियाली देश / From Wikipedia, the free encyclopedia
नेपाल (आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल) दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो। यो देश मुख्यतया हिमालयमा अवस्थित भएता पनि यसले सिन्धु गङ्गा मैदानका भागहरू पनि समावेश गर्छ। यो देशको उत्तरमा चीनको तिब्बत स्वायत्त क्षेत्र र दक्षिण, पूर्व तथा पश्चिममा भारतको सीमा साझा पर्दछ, जबकि सिलिगुडी कोरिडोरद्वारा बङ्गलादेश र भारतीय राज्य सिक्किमद्वारा भुटानसँग सङ्कुचित रूपमा छुट्टिएको छ। नेपालको उर्वर समतल क्षेत्र, उत्तरी ध्रुववृत्त जङ्गली पहाडहरू, र संसारका सबैभन्दा उच्च १४ हिमशृङ्खलाहरू मध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा पनि एक हो। नेपाल एक बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राज्य हो, जसको आधिकारिक भाषा नेपाली हो। नेपालको प्रमुख सहर र राजधानी काठमाडौँ हो।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल नेपाल | |
---|---|
एसियामा नेपाल | |
राजधानी र सबैभन्दा ठुलो सहर | काठमाडौँ[1] २८°१०′उ॰ ८४°१५′पू॰ |
आधिकारिक भाषाहरू | नेपाली[2] |
मान्यता प्राप्त राष्ट्रिय भाषाहरू | नेपालमा बोलिने सबै मातृभाषा[3] (नेपालका भाषाहरू हेर्नुहोस्) |
जातिगत समूहहरू (वि.सं २०६८)[4] | |
धर्म (वि.सं. २०६८) | |
रैथाने(हरू) | नेपाली |
सरकार | सङ्घीय संसदीय गणतन्त्र |
रामचन्द्र पौडेल | |
राम सहाय यादव | |
पुष्पकमल दाहाल | |
व्यवस्थापिका | नेपालको सङ्घीय संसद |
राष्ट्रिय सभा | |
प्रतिनिधि सभा | |
स्थापना | |
• अधिराज्य | १८२५ असोज १३[5][6] |
१८७२ फागुन २४ | |
१९८० पुस ६ | |
२०६५ वैशाख २६ | |
२०७२ असोज ३ | |
क्षेत्रफल | |
• जम्मा | १,४७,५१६ किमी२ (५६,९५६ वर्ग माइल) (९३औँ) |
• पानी (%) | २.८ |
जनसङ्ख्या | |
• सन् २०२२ अनुमानित | २,९१,९२,४८०[9] (४९औँ) |
• वि.सं. २०६८ जनगणना | २,६४,९४,५०४[10] |
• घनत्व | १८० /किमी2 (४६६.२ /वर्ग माइल) (५०औँ) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | सन् २०२१ लगत |
• जम्मा | $१२२.६२ अर्ब[11][12][13] (८४औँ) |
• प्रति व्यक्ति | $४,१९९[11] (१४४औँ) |
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | सन् २०२१ लगत |
• जम्मा | $३६ अर्ब (९८औँ) |
• प्रति व्यक्ति | $१,२३६[11] (१५८औँ) |
गिनी (सन् २०१७) | ०.४७[14][15] न्यून · ११५औँ |
मानव विकास सूचकाङ्क (२०१९) | ०.६०२[16] मध्यम · १४२औँ |
मुद्रा | रुपैयाँ (रू) (एनपीआर) |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+०५:४५ (नेपालको प्रमाणिक समय) |
सडक प्रयोग | बायाँ |
टेलिफोन कोड | +९७७ |
आइएसओ ३१६६ सङ्केत | एनपी |
इन्टरनेट डोमेन | डटएनपी |
'नेपाल' नाम पहिलो पटक भारतीय उपमहाद्वीपको वैदिक कालका ग्रन्थहरूमा उल्लेख गरिएको छ। प्राचीन नेपालमा हिन्दु धर्मको स्थापना भएको थियो, जुन देशको प्रमुख धर्म हो। नेपाल शब्दको उत्पत्ति बारेमा ठोस प्रमाण उपलब्ध नभएतापनि एक प्रसिद्ध किंवदन्ती अनुसार मरिची ॠषिका पुत्र 'ने' मुनिले पालन गरेको ठाउँको रूपमा यहाँको नाम नेपाल रहन गएको विश्वास छ। राजा पृथ्वीनारायण शाहले नेपाल अधिराज्यको स्थापना गरेका थिए तर पछि राणाकालीन समयमा ब्रिटिस साम्राज्यसँग गठबन्धन गरिएको थियो। वि. सं. २०४६ सालको आन्दोलन पश्चात् संवैधानिक राजतन्त्रको नीति अवलम्बन गरिएको थियो। वि.सं. २०६३ को लोकतान्त्रिक जनआन्दोलन पश्चात् राजा ज्ञानेन्द्रले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरेका थिए। वि.सं. २०६५ जेठ १५ गते पहिलो संविधानसभाको ऐतिहासिक बैठकले राजतन्त्रलाई प्रतिस्थापन गर्दै नेपाललाई एक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो। वि.सं. २०७२ असोज ३ गते नेपालको संविधान जारी भएपश्चात् प्रशसनिक रूपमा सात प्रदेशमा विभाजन गरी नेपाललाई एक धर्मनिरपेक्ष सङ्घीय संसदीय गणतन्त्र कायम गरिएको छ।
नेपाल सन् १९५५ मा संयुक्त राष्ट्र सङ्घमा प्रवेश भएको थियो। सन् १९५० मा भारत र १९६० मा चीनसँग मित्रता सन्धिमा हस्ताक्षर भएको थियो। नेपालमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को स्थायी सचिवालय रहेको छ, जसको यो संस्थापक सदस्य हो। नेपाल असंलग्न अभियान र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासको सदस्य पनि हो। नेपाली सेना दक्षिण एसियामा पाँचौँ ठुलो सैनिक जत्था हो र यिनीहरू आफ्नो गोर्खा इतिहास तथा विशेष गरी विश्व युद्धको समयमा र संयुक्त राष्ट्र शान्ति स्थापना कार्यहरूमा महत्त्वपूर्ण योगदानकर्ता भएकोले उल्लेखनीय छन्।