अन्तर्राष्ट्रिय प्रमाणिक समय
From Wikipedia, the free encyclopedia
अन्तर्राष्ट्रिय प्रमाणिक समय वा युटिसी संसारको मानक समय क्षेत्र हो। इन्टरनेटमा प्रायजसो अन्तर्राष्ट्रिय प्रमाणिक समयको प्रयोग गर्ने गरिन्छ। यो समय, शून्य अंशको देशान्तर रेखाको माध्य सौर्य समय बराबर हुने गर्दछ (लगभग १ सेकेन्ड जति)।
यो विश्वको समयको प्राथमिक मानक हो जसद्वारा विश्वभरिका घडीहरू तथा समय नियन्त्रित गर्ने गरिन्छ। यो ग्रिनविच मान समय (जिएमटी) अन्तर्गतका अनुवर्तीहरू मध्येको एक हो। साधारण कार्यहरूको दृष्टिले अन्तर्राष्ट्रिय प्रमाणिक समय र ग्रिनविच मान समय एकै हो तर ग्रिनविच मान समयलाई वैज्ञानिक समुदायद्वारा परिशुद्धता पूर्वक परिभाषित गरिएको छैन।
उदाहरण: शुक्रबार, २०२४-०३-२२ ००:३३ UTC यो समय अन्तर्राष्ट्रिय प्रमाणिक समयमा छ, जब यो पृष्ठ अन्तिम पटक अपडेट गरिएको थियो। |