इस्लाम धर्म
From Wikipedia, the free encyclopedia
इस्लाम धर्म (الإسلام) अनुयायीको संख्याको आधारमा ईसाई धर्म पश्चात् विश्वको दोस्रो सबैभन्दा ठूलो धर्म हो । इस्लाम शब्द अरबी भाषाको शब्द हो । यसको मूल शब्द सलम हो र यसका दुईवटा परिभाषा छन् ।
(१) शान्ति
(२) आत्मसमर्पण।[1]
एक इश्वरवाद अर्थात एक अल्लाहको भक्ति गर्नु इस्लाम धर्मको विशेषता हो । यसका अनुयायीहरूको प्रमुख विश्वास छ कि ईश्वर केवल एउटा छन् र पूरै सृष्टिमा केवल उनी नै महिमा (इबादत) को योग्य छन, र सृष्टिमा हरेक वस्तु, जीवित र अजीवित, दृश्य र अदृश्य उनको इच्छाको अगाडि आत्मसमर्पित र शान्त छ । इस्लाम धर्मको पवित्र पुस्तकको नाम कुरआन हो जसको नेपाली मा अर्थ बारम्बार पढिने पुस्तक हुन्छ । यसको अनुयायिहरू लाई अरबीमा मुस्लिम भनिन्छ, जसको बहुवचन मुसलमान हुन्छ ।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |