नेपालको एकीकरण
From Wikipedia, the free encyclopedia
नेपालको एकीकरण प्राचीन हिमालय क्षेत्रको चौबिसी गोरखा राज्यले गरेको सैनिक अभियान थियो । राजा पृथ्वीनारायण शाह तथा उनका वंशज एवं विभिन्न गोरखाली भारदारहरूले पश्चिममा वर्तमान हिमाञ्चल प्रदेशको सतलज नदी देखि सिक्किमसम्म भूभागहरू विजय गरेका थिए । वि.सं. १८०१ मा भएको नुवाकोटको युद्ध देखि वि.सं. १८६१ मा भएको काँगडाको युद्ध सम्म नेपाल एकीकरणकाल रह्यो । केही विचारधाराका अनुसार गोरखालीले नेपालको एकीकरण नगरी गोरखा राज्यको विस्तार मात्र गरेको हुन् । तर इतिहासकार बाबुराम आचार्यका अनुसार उक्त सैनिक अभियान गोरखाली राज्यको विस्तार मात्रै नभै नेपालकै एकीकरण भएको हो ।
छरितो तथ्यहरू गोर्खा अधिराज्य, गोर्खा अधिराज्यको स्थापना ...
गोर्खा अधिराज्य | |
---|---|
गोर्खा अधिराज्यको स्थापना | १५०० ई |
पृथ्वीनारायण शाहको जन्म | १७२३ |
पृथ्वीनारायण शाह राजा बनेको | १७४३ |
गोर्खा अधिराज्य नाम परिवर्तन | १७६९ (नेपाल अधिराज्य) |
विभिन्न क्षेत्रको एकीकरण | |
नुवाकोट | १७४४ |
किर्तिपुर | १७६६ |
सिक्किम, दार्जीलिंग | १७८८-१७९० |
कान्तिपुर, भक्तपुर | १७६८ |
ललितपुर | १७६९ |
सेन अधिराज्य | १७७३ |
किराती राज्यं | १७७५ |
बाइसे राज्य | १७८७ |
चौबिसे राज्य | १७८१ |
कुमाउँ | १७९० |
गढवाल | १८०४ |
विशाल नेपालको दुर्भाग्य | |
नेपाल अंग्रेज युद्ध | १८१४-१६ |
सुगौली सन्धि | २ डिसेम्बर १८१५ |
बन्द गर्नुहोस्