साङ्घाई सहयोग सङ्गठन
From Wikipedia, the free encyclopedia
साङ्घाई सहयोग सङ्गठन (एससीओ ), वा साङ्घाई सम्झौता,[1] एक युरेसियाली राजनीतिक, आर्थिक र सुरक्षा गठबन्धन हो। यसको स्थापनाको घोषणा सन् २००१ जुन १५ का दिन चीन, कजाख्स्तान, किर्गिस्तान, रूस, ताजकिस्तान र उज्बेकिस्तानका नेताहरूले चीनको साङ्घाईमा गरेको थिए। साङ्घाई सहयोग सङ्गठन बडापत्रमा जुन सन् २००२ को जुन महिनामा हस्ताक्षर भएको थियो भने सन् २००३ सेप्टेम्बर १९ का दिनदेखि लागु भएको थियो। मूल पाँच राष्ट्रहरूमा उज्बेकिस्तान बाहेक २६ अप्रिल १९९६ मा स्थापित साङ्घाई पाँच समूहका सदस्यहरू थिए। त्यसबेलादेखि जब भारत र पाकिस्तान ९ जुन २०१७ मा कजाख्स्तान अस्तानामा आयोजित शिखर सम्मेलनमा साङ्घाई सहयोग सङ्गठनको पूर्ण सदस्यका रूपमा सम्मिलित भएका थिए। यस सङ्गठनले आठ सदस्य राष्ट्रहरूमा यसको सदस्यता विस्तार गरेको छ। राज्य परिषदका प्रमुख यस सङ्गठनमा सर्वोच्च निर्णय गर्ने सर्वोच्च निकाय हो। यसको बैठक वर्षमा एक पटक हुन्छ र सङ्गठनको सबै महत्त्वपूर्ण मामिलामा निर्णय र दिशानिर्देश गर्दछ। सहयोग र समन्वय बढाउन, आतङ्कवाद र अन्य बाह्य खतराहरूको विरुद्ध र क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्नका लागि नियमित रूपमा सैनिक अभ्यास पनि गरिन्छ। भौगोलिक क्षेत्रको र जनसङ्ख्याको हिसाबले यस सङ्गठन विश्वको सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठन हो। यसले युरेसिया महाद्वीपको ३/५ भाग र मानव जनसङ्ख्याको आधा हिस्सा ओगट्छ। यस सङ्गठनलाई यसका सदस्य राष्ट्रहरूले मानवअधिकार उल्लङ्घन सम्बन्धी अन्तर्राष्ट्रिय आलोचनाबाट जोगिन उपयोग गर्छन् भनेर आलोचना गरिन्छ। [2]
सङ्क्षिप्त नाम | एससिओ |
---|---|
पूर्वाधिकारी | साङ्घाई पाँच समूह, २६ अप्रिल १९९६ मा स्थापित |
गठन | सन् २००१ |
प्रकार | आपासी सुरक्षा, राजनैतिक, आर्थिक सङ्गठन |
प्रधान कार्यालय | बेइजिङ, चीन |
सदस्यता |
|
आधिकारिक भाषा | चिनियाँ र रूसी |
महासचिव | भ्लादिमिर नोरोभ |
उप-महासचिव |
|
वेबसाइट | SectSCO.org |