रुसी भाषा
From Wikipedia, the free encyclopedia
रुसी भाषा वा रसियाली भाषा (रुसी लेखाइमा: Русский Язык) विशेषतः रुस, बेलारुस, युक्रेन, काजिक्स्तान र किर्गिस्तानमा बोलिने स्लाभिक परिवारको भाषा हो। स्लाभिक परिवारमा सबै भन्दा बढी बोलिने भाषामा रुसी भाषा पर्दछ। यसका अतिरिक्त सरकारी रूपले मान्यता नपाए पनि यो भाषा लाट्भिया, एस्टोनिया लगायतका भूतपूर्व सोभियत सङ्घका मुलुकहरूमा पनि प्रयोग गरिन्छ र युक्रेन, मोल्दोभा, काकेशस, मध्य एसियामा अझै पनि सामान्यतया प्रमुख भाषाका रूपमा प्रयोग गरिन्छ।