तुर्कमेनिस्तान
एसियाली मुलुक / From Wikipedia, the free encyclopedia
तुर्कमेनिस्तान (तुर्कमेनियाको नामले पनि चिनिन्छ) मध्य एसियामा अबस्थित एक तुर्किक देश हो। १९९१ सम्म तुर्कमेन सोभियत समाजवादी गणराज्य (तुर्कमेन SSR)को रूपमा यो सोभियत संघको एक घटक गणतंत्र थियो। यसको सीमा दक्षिण पूर्वमा अफगानिस्तान, दक्षिण पश्चिममा ईरान, उत्तर पूर्वमा उज्बेकिस्तान, उत्तर पश्चिममा कजाखिस्तान अझ पश्चिममा केस्पियन सागर सँग मिल्छ। टर्कमेनिस्तान नाम फारसी देखि आएको छ, जसको अर्थ हो, तुर्कोंको भूमि। देशको राजधानी अश्गाबात छ। यसको सामान्य रूपमा "प्रेमको शहर" या "शहर जसलाई प्रेमले बनायो"को रूपमा अनुवाद हुन्छ। यो अरबी शब्द इश्क र फारसी प्रत्यय "आबाद" देखि मिलेर बनेको छ।
Türkmenistan तुर्कमेनिस्तान | |
---|---|
राष्ट्रिय गान: स्वतन्त्र, तटस्थ, टर्कमेनिस्तान देश राष्ट्रगान | |
राजधानी र सबैभन्दा ठुलो सहर | अश्गाकुरा |
आधिकारिक भाषाहरू | तुर्कमेन |
अंतरजातीय संवादको भाषा | रूसी |
रैथाने(हरू) | तुर्कमेन |
सरकार | अध्यक्षीय गणराज्य |
• राष्ट्रपति | गुर्बान्गुले बर्दीमुचामेदो |
स्वतंत्रता सोभियत सङ्घ बाट | |
• घोषणा | २७ अक्टूबर १९९१ |
• मान्यता | ८ डिसेम्बर १९९१ |
• पानी (%) | ४.९ |
जनसङ्ख्या | |
• डिसेम्बर २००६ अनुमानित | ५,११०,०२३ (११२ वां) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | २००८ लगत |
• जम्मा | $३०.०९१ बिलियन (-) |
• प्रति व्यक्ति | $५,७१० (-) |
मानव विकास सूचकाङ्क (२००७) | ०.७१२ त्रुटि: अमान्य एचडिआई मान · १०९ वां |
मुद्रा | तुर्कमेन नयाँ मानात (TMT) |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+५ (TMT) |
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत) | अन्तर्राष्ट्रिय प्रमाणिक समय+५ (-) |
टेलिफोन कोड | ९९३ |
इन्टरनेट डोमेन | .tm |
मध्य एसियामा स्थित यस देशको धरातल धेरै विषम छ। यहाँ पर्वत, पठार, मरूस्थल एवं मैदान सबै पाइन्छन् तर समुद्र भन्दा टाढा भएको कारण यहाँको जलवायुमा महाद्वीपीय प्रभाव छ। पशु-पालन यहाँको प्रधान व्यवसाय हो। टर्कमेनिस्तानमा वर्षाको कमीको कारण प्राकृतिक वनस्पतिको कमी छ। मरुस्थलीय भूमिको अधिकता भएको कारण यहाँको अधिकांश भागहरूमा शुष्क मरुस्थलीय काँडेदार झाडिहरू पाइन्छन् ।