बृहस्पति (ज्योतिष)
From Wikipedia, the free encyclopedia
बृहस्पतिलाई "प्रार्थना र भक्तिको स्वामी" मानिन्छ,[1] र ब्राह्मनस्पति तथा देवगुरु (देवताको गुरु) पनि भनिन्छ। उनी एक हिन्दू देवता एवं वैदिक आराध्य हुन्। उनलाई शील र धर्मको अवतार मानिन्छ ना र उनी देवताहरूको लागि प्रार्थना र बलि व हविको प्रमुख प्रदाता समेत हुन्। यस प्रकार उनले मनुष्य र देवता को बीच मध्यस्थता गर्थे।
छरितो तथ्यहरू बृहस्पति, देवनागरी ...
बृहस्पति | |
---|---|
देव गुरु, बृहस्पति | |
देवनागरी | बृहस्पति |
संबद्ध | देव (ग्रह) |
वासस्थान | देवलोक |
ग्रह | बृहस्पति |
मन्त्र | Om Brihaspataye Namaha |
दिन | बिहीबार |
Color | पहेँलो |
Number | ३ |
पत्नी | Tara |
बहान | Elephant / chariot drawn by eight white horses |
पिता | अंगिरा |
बन्द गर्नुहोस्
बृहस्पति हिन्दू देवताको गुरु थिए र दैत्य गुरु शुक्राचार्यको कट्टर विरोधी रहेका थिए। उनी नवग्रह समूहको नायक पनि मानिन्छन् त्यसैले उनलाई गणपति पनि भनिन्छ। उनी ज्ञान र वाग्मिताको देवता मानिन्छन्। उनले नै बार्हस्पत्य सूत्रको रचना गरेका थिए। उनको वर्ण सुवर्ण या पहेँलो मानिन्छ र उनसँग दण्ड, कमल र जपमाला रहन्छ। उनलाई सप्तवारमा बृहस्पतिवार/बिहीबार को स्वामी मानिन्छ।[2] ज्योतिषमा उनलाई बृहस्पति (ग्रह)को स्वामी मानिन्छ।