नेपाल-शिख युद्ध
From Wikipedia, the free encyclopedia
नेपाल–सिख युद्ध बडाकाजी अमर सिंह थापाको नेतृत्वमा नेपाल राज्य र महाराजा रञ्जित सिंहको नेतृत्वको सिख साम्राज्यको बीच सन् १८०९ मा भएको सानो संघर्ष थियो। [1]
नेपाल-शिख युद्ध | |||||||
---|---|---|---|---|---|---|---|
नेपालको एकीकरणको भाग | |||||||
| |||||||
योद्धा | |||||||
शिख साम्राज्य | नेपाल अधिराज्य | ||||||
सेनापतिहरू | |||||||
महाराजा रणजीत सिंह राजा संसारचन्द |
बडाकाजी अमरसिंह थापा भीमसेन थापा नयनसिंह थापा (वीरगति) ⚔ |
थप भूभाग विदेशीको हातमा पर्न नदिने मुख्तियार भीमसेन थापा नेतृत्वको नेपालको नीति नेपाल र सिखहरूबीचको द्वन्द्वको सिर्जना भएको थियो । सन् १७९१ (बि.सं १८४१ बहादुर शाहको समयमा )मा कुमाऊँ राज्य नेपालमा गाभिएपछि, उनले नेपाललाई यसको पश्चिममा सतलज नदीसम्म जोड्ने प्रयास गरे। यो अभियान काजी अमर सिंह थापालाई सुम्पिएको थियो। उनलाई थप बल दिन काजी नयनसिंह थापा खटिएका थिए। सन् १८०७ मा, सतलजको पश्चिमी किनारमा रहेको कांगडा किल्लालाई घेराबन्दीमा राखिएको थियो। १८०९ को प्रारम्भमा, कांगडाको जगिरको धेरैजसो भूमि नेपालमा समाहित भइसकेको थियो, यद्यपि किल्ला अझै पनि जित्न बाँकी थियो। कांगडाका राजा संसार चन्दले पञ्जाबमा सिखको मा शरण लिए। [2]
सुरुमा, सिख महाराजा रणजीत सिंह कांगडाका शासकलाई सहयोग गर्न अनिच्छुक थिए, तर नेपाली फौज कश्मीर उपत्यका तर्फ अघि बढ्दै गर्दा उनको मन परिवर्तन भयो। काश्मीर एक स्वतन्त्र क्षेत्र थियो जहाँ गुटहरू विभाजित थिए। सिख र गोर्खा दुवै काश्मिर हात पार्न चाहन्थे।
सिख शासकले सेना पठाए , २४ अगस्त १८०९ मा कांगडाको घेराबन्दी गर्यो र गोरखा सेनालाई सतलज पार गर्न बाध्य पार्ने । त्यसपछि रणजीत सिंहले अमरसिंह थापालाई सतलजलाई दुई राज्यबीचको सिमाना बनाउन प्रस्ताव पठाए । थापाले उक्त प्रस्ताव काठमाडौं दरबारमा पठाए पनि भीमसेन थापाले अस्वीकार गरे ।