काजी
प्राचिन नेपालको उच्चस्तरीय अधिकारी / From Wikipedia, the free encyclopedia
काजी एक नेपाली प्रशासनिक एवम् सैनिक मर्यादाको पद वा उपाधि हो। काजी पदको सुरूवाती पदभार मुगल साम्राज्यको देवान र बेलायती परम्पराको प्रधानमन्त्री सरह थियो । कालान्तरमा ४ काजीको नियुक्ति हुन थाल्यो । फ्रान्सिस बुचानन ह्यामिल्टन तथा डिल्ली रमण रेग्मीका अनुसार नेपालको भारदारी सभामा ४ काजी हुने गर्दथे ।[1] त्यसपछि तिनीहरूमध्ये एक मूलकाजी छानिन्थ्यो । राजा रणबहादुर शाहले नाबालक छोरा गीर्वाणयुद्ध विक्रम शाहको निम्ति गद्दी त्याग गर्दा काजीहरूको सङ्ख्या बढेको थियो ।[1]