नाम्चे बजार
From Wikipedia, the free encyclopedia
नाम्चे बजार नेपालको कोशी प्रदेशको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा अवस्थित एक गाउँ हो। यो खुम्बु क्षेत्रभित्र ३,४४० मिटर (११,२८६ फिट) को उचाइमा अवस्थित छ र पहाडको छेउछाउमा बसोबास गर्दछ। पर्यटन व्यवसायमा संलग्न अधिकांश शेर्पा नाम्चे क्षेत्रका हुन्। नाम्चे खुम्बु क्षेत्रको मुख्य व्यापारिक केन्द्र हो।
छरितो तथ्यहरू नाम्चे बजार, देश ...
नाम्चे बजार | |
---|---|
उपनाम: शेर्पा राजधानी | |
निर्देशाङ्क: २७°४९′उ॰ ८६°४३′पू॰ | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सोलुखुम्बु जिल्ला |
गाउँपालिका | खुम्बु पासाङल्हामु गाउँपालिका |
उन्नतांश | ३४४० मिटर (११२९० फिट) |
जनसङ्ख्या (सन् २००१) | |
• जम्मा | १६४७ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको मानक समय) |
बन्द गर्नुहोस्
नेपालको दसौँ राष्ट्रिय जनगणना, २०५८ अनुसार यहाँको कुल जनसङ्ख्या १,६४७ रहेको छ भने ३९७ घरधुरीमा बसोबास गर्दै आएको छ।[1]