कोशी प्रदेश
नेपालको एक प्रदेश / From Wikipedia, the free encyclopedia
कोशी प्रदेश नेपालको संविधान २०७२ लागु भएपछि वि.सं. २०७२ असोज ३ गते राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो। देशलाई सङ्घीय ढाँचामा लगेर पुनर्संरचना गर्ने उदेश्यका साथ स्थापना गरिएको यो प्रदेश नेपालको सबैभन्दा पूर्वी भागमा रहेको प्रदेश हो।
कोशी प्रदेश | |
---|---|
माथिल्लो भागको बायाँबाट दाहिने दिशामा सगरमाथा, बरुण उपत्यका, कञ्चनजङ्गा, इलाम, गोक्यो ताल, हलेसी महादेव र तेङ्गबोचे गुम्बा | |
राष्ट्र | नेपाल |
नेपालका प्रदेशहरू | कोशी प्रदेश |
स्थापना | वि.सं. २०७२ असोज ३ |
राजधानी | विराटनगर[1] |
प्रमुख सहरहरू | बिराटनगर, इटहरी, धरान, धनकुटा, बिर्तामोड र दमक |
जिल्लाहरू | १४ |
सरकार | |
• अङ्ग | कोशी प्रदेश सरकार |
• प्रदेश प्रमुख | पर्शुराम खापुङ[2] |
• मुख्यमन्त्री | (हिक्मतकुमार कार्की) (नेकपा एमाले) |
• सभामुख | अम्बर बहादुर विष्ट |
• निर्वाचन क्षेत्रहरू |
|
• प्रदेश सभा | दलको नाम
|
क्षेत्रफल | |
• जम्मा | २५,९०५ किमी२ (१०००२ वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | ४,५३४,९४३ |
• घनत्व | १८०/किमी२ (४५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
भूसङ्केत | NP-ON |
निर्वाचन क्षेत्र सीमाङ्कन आयोगको रिपोर्ट अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमतदान प्रणाली तहत यस प्रदेशमा २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ५६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ।[3] १७ जनवरी २०१८ मा भएको मन्त्रिमण्डलको बैठकमा बिराटनगरलाई प्रदेशको अस्थायी राजधानी घोषित गरिएको थियो । बिराटनगरलाई नै वि.सं. २०७६ साल वैशाख २३ गते बसेको प्रदेश सभाको बैठकले सर्वसम्मतिमा प्रदेशको स्थायी राजधानी तोकेको हो। वि.सं. २०७९ साल फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले बहुमतद्वारा "कोशी प्रदेश" नाम पारित गरेको हो। [4][5][6]
वि.सं. २०६८ को जनगणना अनुसार यस प्रदेशमा लगभग ४५ लाख मानिसहरू १७५.६ प्रतिवर्ग किमी जनसङ्ख्या घनत्वको दरले बसोवास गर्छन।[7]