खुम्बु
From Wikipedia, the free encyclopedia
खुम्बु (सगरमाथा क्षेत्रको नामले पनि चिनिन्छ।) शेर्पा: ཁུམ་བུ། [1] नेपाल पट्टी सगरमाथाको पूर्वोत्तर दिशामा रहेको क्षेत्र हो। यो क्षेत्र नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा पर्दछ।[2] खुम्बु शेर्पा वस्ती रहेको तीन हिमाली उपक्षेत्र मध्ये एक हो र अन्य दुई उपक्षेत्रहरू सोलु र बराग क्षेत्र हुन्। यहाँ शहरको नाममा नागपोछे र गाउँहरूमा थामे, खुम्जुङ, पङपोछे, फोर्चे तथा खुन्दे आदि रहेको छन्। नेपालको प्रसिद्ध बौद्ध मठ तेङपोछे पनि खुम्बु क्षेत्रमै पर्दछ।[3]
खुम्बु देखि विश्वको सबैभन्दा अग्लो ८,८४८ मिटरको हिमाल सगरमाथाको शिखर ३,३०० मीटरको उचाइ दुरीमा रहेको छ। [4] साथै खुम्बु क्षेत्रको सगरमाथा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय उद्यान पनि मोन्जु र लुक्लाको बीचमा रहेको छन्। [2] खुम्बु ५००,००० वर्ष पहिले अन्तिम बर्फिले युगको परिणाम हिमनदी रहेको विश्वास गरिन्छ। लोनली प्लानेट द्वारा खुम्बु क्षेत्रलाई दुनियामा यात्राको लागि सबैभन्दा उत्तम क्षेत्र मध्येको छैटौँ स्थानमा राखेको छ।[5]