खस जाति
नेपाली हिन्दू आर्य मूलनिवासी जनता / From Wikipedia, the free encyclopedia
खस जाति आर्य मुल को एक समुदाय हो तर धेरै इतिहासविद् हरु को भनाई अनुसार तुर्कमंगोल पनि भनिएको पाइन्छ । खस जातिहरू तत्कालिन विशाल नेपाल – अहिलेको नेपाल, अहिलेको चीन तिब्बती भुभाग, अहिलेको भूटान र हाल भारतमा पर्ने उत्तराखण्ड, हिमाचल प्रदेश र जम्मु कश्मीर बसोबास गर्छन। पश्चिमी र उत्तरपश्चिमी हिमालयबाट मध्य हिमालयमा यस जनजातिको प्रवासलाई नेपाली भाषासँग सम्बन्धित प्रारम्भिक भाषिक प्रमाणहरूले प्रमाणित गरेको छ। २०७२ को संविधान अन्तर्गत खस आर्यका प्रमुख समुदायहरू बाहुन, क्षेत्री, ठकुरी, सन्न्यासी, कामी, दमाई, सार्की, गन्धर्व, र राउटे पर्छन भने धेरै पछि मात्र नेपाल मा वैदिक आर्य हरुको आगमन पश्चात खस जाति लाइ गोत्र र जनाइ दिएर क्षेत्रि र ठकुरी जाति मा परिणत गरेको पाईन्छ। खस जाति लाइ चिन मा साइ जनजाति पनि भनिन्छ भने तिब्बत तिर याचे भन्ने गरेको पाईन्छ।