सार्की जाति
खस दलित समुदाय / From Wikipedia, the free encyclopedia
सार्की एक शील्पी समुदाय हो जस्लाइ आफ्नो कला ज्ञान र सीपको आधारमा शील्पी भनिएको हो। सार्की जातीले पस्चीम नेपालका विभिन्न भू-भागमाहरुमा राजकाज चलाएको इतिहास पनी छ । सुर्खेत को डुमकोट, मुगुको भियालकोट, बाजुरा भुलकोट, जुम्ला सार्कीकोट, बैतडी चमाकोट लगायत ठाउँमा राज्य संचालन गरेको र छालाको पैसा प्रचलनमा ल्याएका इतिहास पाइन्छ । सार्की जातीको बसोवास नेपाल भरी भएतापनि बिशेष गरि पस्चीम नेपालमा बाक्लो बसोबास रहेको छ नेपाल संगसंगै सिक्किम दार्जिलिङ आसाम भुटानमा पनि यो जातीको बसोवास रहेको छ । सार्की जाती मादल बनाउन र बजाउन निकै सिपालु हुन्छन् । सार्की जाती मादल बजाउँदै समुहमा नाच्ने गर्दछन जसलाई "ख्याली मारुनी" भनिन्छ यो जातीले थाली नाच, सारङ्गे नाच र झाउरे नाच नाच्दछन् । सार्की जातीले बैशाख पुर्णिमालाइ मुख्य चाडको रुपमा मनाउने गर्दछन् ।