उपल्लो मुस्ताङ
लो वंशको पुरानो राज्य / From Wikipedia, the free encyclopedia
उपल्लो मुस्ताङ (पहिले लो राज्यको रूपमा परिचित) नेपालमा अवस्थित मुस्ताङ जिल्लाको माथिल्लो भाग (उत्तरी क्षेत्र) हो। उपल्लो मुस्ताङ सन् १९९२ सम्म एक प्रतिबन्धित राज्य थियो जसले यसलाई विश्वको सबैभन्दा संरक्षित क्षेत्रहरू मध्ये एक बनाएको थियो। बहुसङ्ख्यक जनसङ्ख्याले अझै पनि परम्परागत तिब्बती भाषाहरू बोल्छन्। मुस्ताङको जनजीवन पर्यटन, पशुपालन र व्यापारमा आधारित छ।
सन् १३८०–२००८ | |||||||
झन्डा | |||||||
स्थानीय तह सहित तल्लो र उपल्लो मुस्ताङ | |||||||
वस्तु-स्थिति | स्वतन्त्र सार्वभौम राज्य (सन् १०३८०-१७९५) नेपालको भूभाग (सन् १७९५-२००८) | ||||||
राजधानी | लोमान्थाङ | ||||||
आधिकारिक भाषाहरू | |||||||
धर्म |
| ||||||
सरकार | राजतन्त्र | ||||||
राजा/ग्याल्पो | |||||||
• सन् १३८०-१४०० (प्रथम) | आमे पाल | ||||||
• सन् १९६४-२००८ (अन्तिम) | जिग्मे दोर्जे पलवर विष्ट | ||||||
इतिहास | |||||||
• स्थापित | सन् १३८० | ||||||
• सङ्घीय सरकारद्वारा खारेज | ७ अक्टोबर २००८ | ||||||
क्षेत्रफल | |||||||
• जम्मा | २,०२० किमी२ (७८० वर्ग माइल) | ||||||
जनसङ्ख्या | |||||||
• अनुमानित | ७,०००[1] | ||||||
• घनत्व | ३.४७ /किमी2 (९.० /वर्ग माइल) | ||||||
| |||||||
अचेल | नेपाल |
उपल्लो मुस्ताङले नेपालको गण्डकी प्रदेशको मुस्ताङ जिल्लाको उत्तरी दुई तिहाई भाग ओगटेको छ। यहाँ लोमान्थाङ, दालोमे र वारागुङ मुक्तिक्षेत्र गरी तीन वटा गाउँपालिकाहरू रहेका छन्।
जिल्लाको दक्षिणी भूभाग (तल्लो मुस्ताङ)लाई थाक भनिन्छ र थकाली भाषा बोल्ने थकाली समुदायको मातृभूमि हो भने यसको संस्कृतिले तिब्बती र नेपाली तत्वहरूलाई समेटेको छ।
वि.संं २०६४ मा नेपाल अधिराज्य गणतन्त्र बनेपछि मुस्ताङको राज्यको हैसियत समाप्त भएको थियो जसले बाहिरी विश्व, विशेष गरी चीनको प्रभाव बढ्दै गएको र मुस्ताङका जनताको जीवनमा तीव्र परिवर्तन ल्याउन योगदान पुर्याइरहेको छ।[2] हालैका वर्षहरूमा विकास कार्यहरूमा वृद्धि भएको छ।