जिग्मे दोर्जे पलवर विष्ट
From Wikipedia, the free encyclopedia
जिग्मे दोर्जे पलवर विष्ट नेपालको मुस्ताङ जिल्ला अन्तर्गत पर्ने लोमान्थाङ क्षेत्रको रजौटा महाराज (तिब्बती: लोरग्याल-पो) थिए। उनको शासनकाल सन् १९६४-२००८ सम्म रह्यो। गणतन्त्रको घोषणामा सन् २००८ (वि.सं. २०६५) मा राजा, रजौटा, रैका र सम्पूर्ण शाही अधिकार खारेज भएपश्चात उनको राज्यावधि समाप्त भएको थियो।