किराँत धर्म
From Wikipedia, the free encyclopedia
मुन्धुम "मनदार" मुन्धवाम [1] याकथुङ (लिम्बु) तथा अन्य किरात जन्य जातिहररुको ब्रह्माण्ड-विश्व तथा जीवन दृष्टिकोण लगायत धर्तीमा मानव जीवनका सबै पक्षहरूको ज्ञानगुनहरूको संग्रह हो । मुख्यरुपमा मुन्धुममा १) ब्रह्माण्ड-विश्व र जीवन दृष्टिकोण तथा दार्शनिक पक्षहरू रहेकाछन्, २) ब्रह्माण्ड-विश्व र जीवन दृष्टिकोण तथा दार्शनलाई जनजीवनमा कार्यान्वयन गर्ने या दैनिक प्रचलनमा भनिने सुनिने कथा(भाश्य)हरू यसमा निहित रहेका छन्, ३) जन्मदेखि मृत्यू सम्मको जीवन चक्रका बिभिन्न चरणहरू(विवाह, गर्भ रहँदा, ऋृतू अनुसार र मर्दा) याकथुङ लगायत किरात जातिले सम्पादन गर्ने कर्मकाण्डहरू र तिनका विधीविधानहरू यसमा संग्रहित छन्, ४) परिवार, समाज र नातागोता व्यवस्थापन गर्ने नियम-संहिताहरू यसमा तोकिएकाछन्, ५) शारिरिक र मानसिक रोगव्याधीको उपचार (जडीवुटीको प्रयोग गरेर, उचित खानेकुरा खाएर, देवीदेउतालाई फकाएर र भूतप्रेत या लागुहरूलाई फेदाङबा-माङदेम्बा (धामी-झाँक्री जस्तै) लगाएर मन्साउँने-फकाउँने पन्साउँने गरी मानसिक उपचार गरेर) गर्ने विधीविधान र प्रकृयाहरू, आदि आदिका ज्ञानगुन, वीधिविधान, प्रकृया तथा प्रणलाीहरू मुन्धुममा संग्रहित रहेकाछन् । मुन्धुम पहिले मौखिक परम्परामा बाँचेकोले समय अनिसार फेरबदल तथा थपथाप गर्दै नयाँ नयाँ ज्ञानगुन र विधीहरू समाजले नै अध्यावधिक गर्दै सुधार गर्दै ल्याएको र मौखिक परम्परामा बाँचेको हुनाले स्थान र ठाउँ अनुसार थोरबगुत विविधता सहित याकथुङ लगायत किरात जन्य समाजहरूमा कायम रहेको छ । जसलाई पछिल्लो समयमा (विशेष गरेर ईमानसिंह चेम्जोङ र वैरागी काइँला लगायत जस्ता संकलकहरूको प्रयासले) लिखित रुपमा सबै पक्षका मुन्धुमहरू अभिलेखिकरण गरिँदै आएको छ । याकथुङ लगायत किरातजन्य जातिहरूको मुन्धुम कुनै एक लेखकले लेखेको नभएर सभ्यताको सुरुदेखि जनजनको अनुभवहरू संग्रहित गरिएको लोक साहित्य पनि हो, सामाजिक संबिधान र समाजिक ऐन-कानुन पनि हो, तेस्ते जीवन-परिवार-समाज-नातागोता व्यवस्थापनको नियम विधान-संहिता-विनियम पनि हो र उपचार तथा आचारविचार समेतको विधीविधान संग्रह हो । यसरी, मुन्धुम जनजनले अनुभवको आधारमा विकास गरेको शास्त्र हो जसले फेरि जनजनकै जीवन व्यवस्थापन गर्ने निर्देशिकाको काम गर्दछ । अहिलेको अर्थमा सन्सारका सबैभन्दा महत्वपूर्ण प्राचीन कालका र नेपाल देशको जग बसाल्ने सभ्यता (ब्राह्मणहरूको विदेह, क्षेत्री शाक्यहरूको कपिलवस्तु, सिन्जाखोला र जुम्लाका खस र काठमाण्डूको किरात सभ्यताहरू) मध्ये एक प्राचीन काठमाण्डूको किरात सभ्यताको तथा हाल नेपालको पहिचानको तत्वहरू मध्ये एक रहेको मौलिक सम्पदा हो - मुन्धुम ।