वारागुङ मुक्तिक्षेत्र गाउँपालिका
From Wikipedia, the free encyclopedia
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ ।[1][2] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका मुक्तिनाथ, झोङ, छुसाङ र कागवेनी गाउँ विकास समितिहरूलाई समेटेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका घोषणा गरिएको हो ।[3][4] बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको क्षेत्रफल ८८६ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या २,३३० रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा दालोमे गाउँपालिका र मनाङ जिल्ला, पश्चिममा डोल्पा र म्याग्दी जिल्ला, उत्तरमा दालोमे गाउँपालिका, दक्षिणमा घरपझोङ, थासाङ गाउँपालिका र मनाङ जिल्लासम्म छ ।[5]
छरितो तथ्यहरू वारागुङ मुक्तिक्षेत्र, देश ...
वारागुङ मुक्तिक्षेत्र | |
---|---|
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | मुस्ताङ जिल्ला |
स्थापना | २७ फागुन २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | रिङजिन नामगेल गुरुङ नेकपा (एमाले) |
• उपाध्यक्ष | दिकी गुरुङ ( नेकपा (एमाले)) |
• प्रमुख प्रशासकीय अधिकृत | होमबहादुर थापा मगर |
क्षेत्रफल | |
• जम्मा | ८८६ किमी२ (३४२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २,३३० |
• घनत्व | २.६/किमी२ (६.८/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६९ |
केन्द्र | साविकको कागवेनी गाविसको कार्यालय |
वेबसाइट | varagungmuktichhetramun |
बन्द गर्नुहोस्