रणजित मल्ल
From Wikipedia, the free encyclopedia
रणजीत मल्ल, भक्तपुरका अन्तिम राजा थिए। यिनका छोरा वीर नरसिंह, पृथ्वी नारायण शाहका मित रहेका थिए। उनकै पालामा पृथ्वीनारायण शाहले भक्तपुरमा कब्जा जमाएका थिए । उपत्यकाकै सबैभन्दा शक्तिशाली र वैभवशाली राज्य हातमा लिएपछि नै गोरखाली राजाको उपत्यका विजययात्रा टुंगिएको थियो।[1]
रणजित मल्ल | |||||
---|---|---|---|---|---|
भक्तपुरका राजा | |||||
King of Bhaktapur | |||||
शासनकाल | 1722—1769 | ||||
राज्याभिषेक | May of 1722 | ||||
पूर्वाधिकारी | भूपतीन्द्र मल्ल | ||||
उत्तराधिकारी | Position abolished | ||||
पाटनका राजा | |||||
शासनकाल | 1761—1763 | ||||
पूर्वाधिकारी | जयप्रकाश मल्ल | ||||
उत्तराधिकारी | Dal Mardan Shah | ||||
जन्म | 26 January 1703 Bhaktapur, Nepal | ||||
मृत्यु | May 1771 (aged 68) Manikarnika Ghat, Varanasi Present day India | ||||
जीवनसाथी | Briddhi Lakshmi ( वि १७१२)
| ||||
सन्तान |
| ||||
| |||||
वंश | Malla | ||||
बाबु | भूपतीन्द्र मल्ल | ||||
आमा | Vishva Lakshmi |
रणजित मल्ल जनप्रेमी र प्रजातन्त्रिक राजा थिए। उनी प्रजातान्त्रिक धारणाअनुसार जनसर्थन लिने परम्परा भएका राजाका रूपमा जीवोत भएका छन्। उनले कुनै निर्माण, नियम लागू गर्दा जनसमर्थन जुटाएर जनताबाटै त्यो काम गराउथे।[2] राजनीतिक रूपमा यिनी नितान्त अदूरदर्शी थिए।
भक्तपुरका राजा रणजित मल्ल अत्यन्तै उदार र जनताको विचारको कदर गर्ने राजा थिए। ई.स. १७६२ मा भत्तपुरका राजा भएको वेलाम उनले जनतामाथि अन्याय हुन नदिन थिति बन्देज बाँधेका थिए। देशमा अनुकूल परिस्थिति नभएको अवस्थामा रणजित मल्लले भक्तपुरका चौबिसै टोलमा प्रतिनिधि डाकी राय लिने गरेको कतिपय उदाहरणहरु छन्। ती चौबिस टोलका नाईके नै जनप्रतिनिधिको रूपमा काम गर्दथे।
गोर्खाली आक्रामणबाट कान्तिपुर र ललितपुरका राजाहरु जयप्रकाश मल्ल र तेज नरसिंह मल्लले भक्तपुरमा शरण लिन जाँदा रणजीत मल्लले टोलका सारा प्रजापञ्चहरूको भेला डाकी उनीहरूकै राय बमोजिम तिनीहरूलाई शरण दिएका थिए ।[3]