जयप्रकाश मल्ल
From Wikipedia, the free encyclopedia
जयप्रकाश मल्ल नेपालको इतिहासमा मल्लकालका प्रसिद्ध तथा कान्तिपुरका (काठमाडौँका) अन्तिम मल्ल राजा थिए।[1] जयप्रकाश मल्ल साहसी र वीर राजा थिए, तर शंकाधारी र क्रोधी पनि थिए । आफ्नो शासनकालको अधिकांश समय उनले भाइ-भारदार तथा बाह्य चुनौतीको सामना तथा शक्तिसंघर्षमा विताउनु पर्यो।
छरितो तथ्यहरू जयप्रकाश मल्ल, शासनकाल ...
जयप्रकाश मल्ल | |
---|---|
कान्तिपुरका राजा | |
शासनकाल | वि सं १७९२ - वि सं १८२५ |
पूर्वाधिकारी | जगज्जय मल्ल |
उत्तराधिकारी | पृथ्वीनारायण शाहद्वारा नेपालमा गाभियो |
जन्म | कान्तिपुर दरबार |
मृत्यु | १८२६ ने.सं. ८९१ मार्ग वदि ७ रोज ६ आर्यघाट |
जीवनसाथी | रानी दयावती |
सन्तान | ज्योति प्रकाश मल्ल |
वंश | मल्ल वंश |
बाबु | जगज्जय मल्ल |
आमा | कुमुदिनी रानी |
धर्म | हिन्दू |
बन्द गर्नुहोस्
आफ्ना पिता राजा जगज्जय मल्लका राजेन्द्रप्रकाश, जयप्रकाश राज्यप्रकाश, नरेन्द्रप्रकाश, चन्द्रप्रकाश छोराहरू मध्य माहिला छोराका रूपमा जन्मिएका जयप्रकाश मल्ल आफ्ना दाजुको राजेन्द्रप्रकाश अल्पायुमै निधन भएपछि मात्र युवराज घोषित भएका थिए। त्यही कारणले उनलाई उनकै कतिपय भारदारले समेत राजाका रूपमा स्वीकार गरेनन्।