२०२१ स्वेज नहर अवरोध
From Wikipedia, the free encyclopedia
सन् २०२१ मार्चमा, विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्गहरू मध्ये एक स्वेज नहर गोल्डन-क्लास कन्टेनर जहाज इभरगिभनको दुर्घटनात्मक ग्राउन्डिङ पछि ६ दिनको लागि रोकिएको थियो। कम्पनीले बताएअनुसार ४०० मिटर-लामो (१,३०० फिट) २३ मार्चमा हुरी-बतासको कारणले जहाजल जलमार्गबाट बाहिर गएको थियो।[2] इजिप्टियाली अधिकारीहरूले पछि यो बाहेक "त्यहाँ प्राविधिक वा मानवीय त्रुटि पनि भएको हुन सक्छ" भनेका थिए। जहाज नहरको किनारमा फस्यो , नहर अवरुद्ध भयो र अन्य जहाजहरू यताउता जानबाट रोकिए। [3] यो अवरोध नहरको दक्षिण खण्डतिर थियो जसमा दुईवटा च्यानलहरू छन्, त्यसैले अन्य जहाजहरूका लागि इभर गिभन बाइपास गर्न अर्को कुनै बाटो थिएन । [4]
को भाग | |
समय | ०७:४० इजिवाई (०५:४० युटिसी) |
---|---|
मिति | २३–२९ मार्च २०२१ (२०२१-०३-२३ – २०२१-०३-२९) |
स्थान | स्वेज नहर, स्वेज, इजिप्ट |
निर्देशाङ्क | ३०.०१७५°N ३२.५८००°E / 30.0175; 32.5800[1] |
कारण | जाँच प्रगतिशील |
यो अवरोधले जहाजी ढुवानीमा अर्थपूर्ण असर पुर्यायो, २८ मार्चमा नहर पार गर्नको लागि कम्तिमा ३६९ जहाजहरू नहरबाट जानका लागि पालो कुरिरहेका थिए । [5] [6] २९ मार्चमा जहाजलाई आंशिक रूपमा पुनः तैरिएको थियो र "८०% सहि दिशामा पुनर्स्थापना गरिएको थियो [7] [8] जहाज अन्ततः त्यस अपरान्ह १५:०५ स्थानीय समय मा स्वतन्त्र गरिएको थियो, [9] र प्राविधिक निरीक्षणका लागि ग्रेट बिटर तालमा तर्फ, किनारमा सारियो। [10] [11] [12] एभरग्रिन कम्पनीको स्वामित्वमा रहेको पानीजहाजलाई हटाएर जलमार्ग खुलाउन १४ वटा ठूला डुंगाहरू प्रयोग गरिएको थियो । ६ दिनको प्रयासपछि जहाजलाई सुरक्षित रूपमा निकालिएको हो । नहरलाई पुन: खोल्नु अघि क्षतिको जाँच गरियो। स्वेज नहर प्राधिकरणले शिपिङ (ढुवानी) एजेन्सीहरूलाई शिपिङ १९:०० स्थानीय समयबाट पुनः सुचारु हुने जानकारी दियो । [13]