पोर्चुगल राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
पोर्चुगल राष्ट्रिय फुटबल टोली (पोर्तगाली: Seleção Portuguesa de Futebol) अन्तर्राष्ट्रिय फुटबलमा पोर्चुगलको प्रतिनिधित्व गर्ने पुरुष राष्ट्रिय टोली हो जसको सबै गतिविधि पोर्तुगल फुटबल महासङ्घको नियन्त्रणमा छ। पोर्तुगल फुटबलको सर्वोच्च परिचालक निकाय हो। यो टोली सन् १९२३ देखि फुटबलको सर्वोच्च निकाय फिफा र सन् १९५४ देखि यसको क्षेत्रीय सङ्गठन युएफाको सदस्य रहेको छ। सन् १९२१ डिसेम्बर १८ का दिन पोर्चुगलले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलेको थियो। स्पेनको राजधानी म्याड्रिडमा भएको सो खेलमा पोर्चुगल स्पेनसँग ३–१ ले पराजित भएको थियो। सन् २०१९ मा नेदरल्यान्डलाई १–० ले पराजित गर्दै पोर्चुगलले युएफा राष्ट्र लिगका उपाधि पहिलोपटक जित्न सफल भएको थियो।
सङ्गठन | पोर्चुगाली फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | युएफा (युरोप) | ||
प्रमुख प्रशिक्षक | फेर्नान्दो सान्तोस | ||
कप्तान | क्रिस्टियानो रोनाल्डो | ||
सर्वाधिक उपस्थिति | क्रिस्टियानो रोनाल्डो (१८४) | ||
सर्वाधिक गोलकर्ता | क्रिस्टियानो रोनाल्डो (११५) | ||
गृह रङ्गशाला | विभिन्न | ||
फिफा कोड | POR | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ६ २ (२६ October २०२३)[1] | ||
उच्च वरीयता | २ (मे–जुन २०१०, अक्टोबर २०१२, अप्रिल–जुन २०१४, सेप्टेम्बर २०१७ – अप्रिल २०१८) | ||
निम्न वरीयता | २५ (अगस्ट १९९८) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
स्पेन ३–१ पोर्तगाल (म्याड्रिड, स्पेन; १९ डिसेम्बर १९२१) | |||
ठूलो विजय | |||
पोर्तगाल ८–० लिस्टेनस्टाइन (लिस्बन, पोर्चुगल; १८ नोभेम्बर १९९४) पोर्तगाल ८–० लिस्टेनस्टाइन (कुइब्रा, पोर्चुगल; ९ जुन १९९९) पोर्तगाल ८–० कुवेत (लेरिया, पोर्चुगल; १९ नोभेम्बर २००३) | |||
ठूलो हार | |||
पोर्तगाल ०–१० इङ्ल्यान्ड (लिस्बन, पोर्चुगल; २५ मे १९४७) | |||
विश्वकप | |||
उपस्थिति | ७ (पहिलो खेल सन् १९९६) | ||
उत्कृष्ट नतिजा | तेस्रो स्थान (सन् १९६६) | ||
युइएफए युरोपेली च्याम्पियनसिप | |||
उपस्थिति | ८ (पहिलो खेल सन् १९८४) | ||
उत्कृष्ट नतिजा | विजेता (सन् २०१६) | ||
युइएफए राष्ट्र लिग | |||
उपस्थिति | १ (पहिलो खेल सन् २०१९) | ||
उत्कृष्ट नतिजा | विजेता (सन् २०१९) | ||
कन्फेडेरेसन कप | |||
उपस्थिति | १ (पहिलो खेल सन् २०१७) | ||
उत्कृष्ट नतिजा | तेस्रो स्थान (सन् २०१७) | ||
वेबसाइट | fpf |
एक प्रमुख अन्तर्राष्ट्रिय खेल अन्तर्गत पोर्चुगल राष्ट्रिय फुटबल टोलीले पहिलो सहभागिता सन् सन् १९६६ को फिफा विश्वकपमा जनाएको थियो। यस प्रतियोगितामा राष्ट्रिय टोलीका लागि बलोन डी'ओर विजेता युसेबियोले राष्ट्रियको प्रतिनिधित्व गरेका थिए भने यस अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा टोलीले तेस्रो स्थान हात पारेको थियो। त्यसपछि सन् सन् १९८६ सन् सन् २००२ को फिफा विश्वकपमा टोलीले राष्ट्रियको प्रतिनिधित्व गरेको थियो भने यी दुवै प्रतियोगितामा टोली समूह चरणबाट बाहिरिएको थियो। पोर्चुगलले सन्ए १९८४ को युएफा युरो प्रतियोगिता सेमिफाइनलमा स्थान बनाएको थियो। आयोजक र अन्ततः विजेता फ्रान्स विरुद्धको खेलमा अतिरिक्त समयपछि ३–२ गोल अन्तरले पराजित भएको थियो।
पोर्चुगलले हालसम्म ७ पटक फिफा विश्वकपमा सहभागिता जनाएको छ। सन् १९६६ को फिफा विश्वकपमा पोर्चुगलले तेस्रो स्थान हासिल गर्ने सबैभन्दा राम्रो सफलता प्राप्त गरेको थियो। जहाँ टोलीले सोभियत सङ्घलाई २–१ ले पराजित गरेका थिए। अर्कोतर्फ पोर्चुगलले हालसम्म ८ पटक युएफा युरोपियन च्याम्पियनसिपमा सहभागिता जनाएको छ। जसमध्ये सर्वोत्कृष्ट प्रदर्शन गर्दै टोलीले युइएफए युरो २०१६ को उपाधि जित्न सफल भएको थियो। जहाँ टोलीले फ्रान्सलाई १–० गोल अन्तरले पराजित गरेका थिए। पोर्चुगलले सन् २०१७ फिफा कन्फेडेरेसन कपमा पनि तेस्रो स्थान हासिल गरेको थियो।
यस टोलीको गृह रङ्गशाला ओवेइरसमा रहेको एस्तादिओ नास्योनाल हो यद्यपि उनीहरूको गृह खेल प्रायजसो देशभरिका अन्य रङ्गशालाहरूमा खेलाइन्छ। टोलीका वर्तमान मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस र कप्तान क्रिस्टियानो रोनाल्डो हुन्। राष्ट्रिय टोलीका लागि कप्तान रोनाल्डोले सर्वाधिक उपस्थितिमा सर्वाधिक गोल गर्दै टोलीका लागि कीर्तिमान राखेका छन्। क्रिस्टियानो रोनाल्डो, पाउलेता, युसेबियो, लुइस फिगो र पेपे जस्ता खेलाडीहरूले राष्ट्रिय फुटबल टोलीका केही विश्वप्रसिद्ध खेलाडीहरू हुन्।