क्रिस्टियानो रोनाल्डो
पुर्तुगालका विश्वप्रख्यात फुटबल खेलाडी / From Wikipedia, the free encyclopedia
क्रिस्टियानो रोनाल्डो (पोर्तगाली: Cristiano Ronaldo) (पुर्तुगाली उच्चारण - क्रिस्तिआनो रोनाल्दो दस सान्तोस), (जन्म: ५ फेब्रुअरी १९८५, चर्चित नाम: क्रिस्टियानो रोनाल्डो) पुर्तुगालको राष्ट्रिय फुटबल टोली तथा म्यान्चेस्टर युनाइटेडका अग्रपङ्क्तिका फुटबल खेलाडी हुन्। उनी पुर्तुगाल राष्ट्रिय फुटबल टोलीका कप्तान पनि हुन्। उनले सन २००८ मा पहिलो पटक फिफा बेलोन डी' ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भएका थिए। उनले चार पटक बेलन डि'ओर जितिसकेका छन्। उनी युरोपको उत्कृष्ट ५ लिग, युइएफए च्याम्पियन्स लिग र युइएफए युरोका सर्बाधिक गोलकर्ता हुन भने युइएफए च्याम्पियन्स लिगको एक सिजनमा सर्बाधिक गोल गरेको किर्तीमान पनि उनकै नाममा छ। उनी चारपटक युरोपेली गोल्डेन जुत्ता जित्ने पहिलो खेलाडी हुन्। सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका उनले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म ७९० भन्दा बढी गोल गरिसकेका छन्।
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | क्रिस्टियानो रोनाल्डो डस सान्तोस अभेइरो | ||
उचाइ | १.८६ मी (६ फिट १ इन्च)[1] | ||
खेल्ने स्थान(हरू) | फरवार्ड | ||
क्लब जानकारी | |||
वर्तमान टोली | अल नासार | ||
सङ्ख्या | ७ | ||
युवा करियर | |||
१९९३–१९९५ | एन्डोरिन्हा | ||
१९९५–१९९७ | नेकियोनल | ||
१९९७–२००२ | स्पोर्टीङ सिपि | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२००२–२००३ | स्पोर्टिङ सिपि | २५ | (३) |
२००३–२००९ | म्यान्चेस्टर युनाइटेड | १९६ | (८४) |
२००९– २०१८ | रियल म्याड्रिड | २९२ | (३११) |
२०१८-२०२१ | युभेन्टस | ९८ | (८१) |
२०२१-२०२२ | म्यान्चेस्टर युनाइटेड | ४० | (१९) |
२०२२- | अल नासार | २४ | (२४) |
अन्तर्राष्ट्रिय करियर‡ | |||
२००१–२००२ | पुर्तुगाल यु१७ | ७ | (५) |
२००३ | पुर्तुगाल यु२० | ५ | (१) |
२००२–२००३ | पुर्तुगाल यु२१ | १० | (३) |
२००४ | पुर्तुगाल यु२३ | ३ | (२) |
२००३– | पुर्तुगाल | २०१ | (१२३) |
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २०२३ मे १५ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २०२३ जुन २७ |
उनीलाई विश्व फुटबलका सबैभन्दा महान खेलाडीहरू मध्येका एक मानिन्छ। उनलाई सन २०१५ मा पोर्चुगलको फुटबल संघद्वारा पोर्चुगलको इतिहासमा हालसम्मको सबैभन्दा महान खेलाडी घोषणा गरिएको थियो। रोनाल्डोले पुर्तुगाल राष्ट्रिय फुटबल टोलीबाट सात प्रमुख प्रतियोगिताहरु खेल्दै देशलाई पहिलो प्रमुख अन्तराष्ट्रिय उपाधीको रूपमा युइएफए युरो २०१६ जिताएका थिए। उनी पुर्तुगालको राष्ट्रिय फुटबल टोलीको सबैभन्दा धेरै खेल खेल्ने र सर्बाधिक गोल गर्ने खेलाडी पनि हुन्। उनलाई सन २०१६ र २०१७ मा इएसपिएन र फोर्ब्सले क्रमश: सबैभन्दा चर्चित र सबैभन्दा धेरै कमाउने खेलाडी घोषणा गरेका थिए।
स्पोर्तिङ सेपेबाट क्लब खेल जीवन आरम्भ गरेका रोनाल्डोले आफ्नो उत्पादनशिल समय म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडमा दिएर लिग, च्याम्पियन्स लिग लगायत विभिन्न पुरस्कारहरू जितेका छन् भने धेरै किर्तिमानहरू पनि बनाएका छन्। त्यस्तै पुर्तुगालको राष्ट्रिय टोलीबाट युरोकप जितेका रोनाल्डोको नाममा पुर्तुगाल, युरोप, र विश्व फुटबलमा विभिन्न किर्तिमानहरू छन्।