नेटफ्लिक्स
From Wikipedia, the free encyclopedia
नेटफ्लिक्स, निगम एक अमेरिकी प्रविधि तथा मिडिया सेवा प्रदायक र उत्पादन कम्पनी हो जसको प्रधान कार्यालय लस गातोस, क्यालिफोर्नियामा रहेको छ।
व्यवसायको प्रकार | सार्वजनिक |
---|---|
साइटको प्रकार | बहु-सामग्री /प्रवाह सेवा प्रदानकर्ता |
संस्थापित | अगस्ट २९, १९९७; २६ वर्ष पहिले (१९९७-०८-29)[1] स्कोट्स उपत्यका, क्यालिफोर्नियामा |
मुख्यालयहरू | लास गातोस, क्यालिफोर्निया, अमेरिका
उत्पादन स्थल: |
सेवा क्षेत्र | विश्वव्यापी (मुख्यभूमी चीन, सिरिया, उत्तर कोरिया र क्रिमिया बाहेक)[6] |
संस्थापक (हरू) |
|
मुख्य व्यक्तिहरू |
|
उद्योग | प्रविधि र मनोरञ्जन , आम सञ्चार |
उत्पादहरू |
|
सेवाहरू |
|
आय | $२०.१५६ अर्ब (सन् २०१९)[8] |
सञ्चालन आय | $२.६०४ अर्ब (सन् २०१९)[8] |
खुद आम्दानी | $१.८६६ अर्ब (सन् २०१९)[8] |
खुद सम्पत्ति | $३३.९७५ अर्ब (सन् २०१९)[8] |
Total equity | $७.५८२ अर्ब (सन् २०१९)[8] |
कर्मचारीहरू | ८,६०० (सन् २०१९)[9] |
विभाग | अमेरिकी प्रवाह सेवा अन्तर्राष्ट्रिय प्रवाह सेवा घरेलु डिभिडी |
युआरएल | www |
अलेक्सा क्रम | २१ (जुन २०२०)[10] |
दर्ता | आवश्यक |
प्रयोगकर्ताहरू | १९.३ करोड (भुक्तान)[8] |
नेटफ्लिक्सको स्थापना सन् १९९७ मा, स्कोट्स उपत्यका, क्यालिफोर्नियामा रिड हास्टिङ्ग्स र मार्क रान्डोल्फले गरेका थिए। कम्पनीको प्राथमिक व्यवसाय यसको सदस्यता आधारित प्रवाह सेवा हो जसले चलचित्र र टेलिभिजन शृखलाहरूको पुस्तकालयबाट अनलाइन प्रवाह सेवाहरू प्रदान गर्दछ भने यसका सेवाहरूमा घर भित्र छायाङ्कन गरिएका उत्पादनहरू पनि समावेश छन्। अप्रिल २०२० सम्म, नेटफ्लिक्सको विश्वव्यापी सशुल्क सदस्यताहरूमा आधारित ग्राहकहरूको सङ्ख्या १९.३ करोड रहेको थियो जहाँ संयुक्त राज्य अमेरिकामा मात्र ग्राहकहरूको सङ्ख्या ७.३ करोड रहेको थियो। यो मुख्यभूमि चीन (स्थानीय प्रतिबन्धका कारण), सिरिया, उत्तर कोरिया, र क्रिमिया (अमेरिकी प्रतिबन्धका कारण) मा बाहेक विश्वव्यापी रूपमा उपलब्ध छ। कम्पनीका कार्यालयहरू फ्रान्स, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, ब्राजिल, नेदरल्यान्ड, भारत, जापान, र दक्षिण कोरियामा रहेका छन्। नेटफ्लिक्स मोसन पिक्चर सङ्घको सदस्य समेत हो। हाल, कम्पनीले विश्वभरिका देशहरूबाट सामग्री उत्पादन र वितरण गर्ने गर्दछ।
नेटफ्लिक्सको प्रारम्भिक व्यापार नमुनामा डिभिडीको बिक्री र डाँक मार्फत भाडा असुली पनि समावेश थियो, तर हास्टिङ्ग्सले कम्पनीलाई प्रारम्भिक डिभीडी भाडा व्यवसायमा ध्यान केन्द्रित गर्ने स्थापना भएको एक वर्ष पछि यसको बिक्रीलाई छोडेका थिए। नेटफ्लिक्सले सन् २००७ मा प्रवाह मिडियाको परिचय गराएसँगै यसको व्यापार विस्तारै बढेको थियो जबकि डिभिडी र ब्लु-रे भाडा व्यवसायलाई पनि कम्पनीले कायम राखेको थियो। सन् २०१० मा, अन्तर्राष्ट्रिय स्तरमा क्यानडामा उपलब्ध प्रवाह सेवाको साथ यसले सेवालाई विस्तार गरेको थियो भने पछि यसले दक्षिण अमेरिका र क्यारिबियन देशहरूमा पनि सेवालाई सञ्चालनमा ल्याएको थियो। नेटफ्लिक्स सन् २०१३ मा सामग्री उत्पादन उद्योगमा प्रवेश गरेको थियो।
सन् २०१२ देखि, नेटफ्लिक्सले दुबै चलचित्र र टेलिभिजन शृङ्खलाका लागि निर्माता र वितरकको रूपमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ भने यसले यसको अनलाइन पुस्तकालय मार्फत विभिन्न प्रकारका "नेटफ्लिक्स मूल" नाममा सामग्रीहरू प्रदान गरिरहेको छ। जनवरी २०१६ सम्म नेटफ्लिक्सका सेवाहरू १९० भन्दा बढी देशहरूमा सञ्चालित छन्। नेटफ्लिक्सले सन् २०१६ मा अनुमानित १२६ मौलिक शृङ्खला र चलचित्रहरू सार्वजनिक गरेको थियो जुन अरू कुनै सञ्जाल वा केबल च्यानल भन्दा बढि हो। नयाँ सामग्री उत्पादन गर्न, थप सामग्रीको अधिकार सुरक्षित गर्न र १९० भन्दा धेरै देशहरू मार्फत विविधिकरण गर्ने उनीहरूको प्रयासको परिणामस्वरूप कम्पनीले अरबौँको ऋण लिएको थियो जहाँ कम्पनीको ऋण सेप्टेम्बर २०१७ मा, २१.९ अर्ब अमेरिकी डलर रहेको थियो भने जुन अघिल्लो वर्षको भन्दा १६.८ अर्ब अमेरिकी डलर भन्दा बढी हो। यसको ६.५ अर्ब अमेरिकी डलर दीर्घकालीन ऋण हो, जबकि बाँकी दीर्घ-अवधि दायित्वहरूमा रहेका छन्। अक्टोबर २०१८ मा, नेटफ्लिक्सले यसको नयाँ सामग्रीको लागि कोष जुटाउने लक्ष्यका साथ २ अर्ब अमेरिकी डलर सङ्कलन गरेको थियो। १० जुलाई २०२० मा नेटफ्लिक्स बजार पूँजीको हिसाबले सबैभन्दा ठूलो मनोरञ्जन / मिडिया कम्पनी बन्न सफल भएको थियो।