सम्पत्ति
From Wikipedia, the free encyclopedia
लेखामा सम्पत्ति (अङ्ग्रेजी: Asset) भन्नाले संस्थाको स्वामित्व वा नियन्त्रणमा रहेको आर्थिक श्रोतलाई जनाउँदछ । [1] अर्को शब्दमा संस्थाको स्वामित्व वा नियन्त्रणामा रहेको भौतिक वा अदृश्य श्रोत जसलाई संस्थाले मुल्य थप गर्न वा सकारात्मक आर्थिक लाभको लागि प्रयोग गर्न सक्छ त्यसलाई सम्पत्ति भनिन्छ । सम्पत्तिले नगदमा परिणत गर्न सक्ने बराबरको मुल्य बोकेको हुन्छ ।
संस्थाको सम्पत्तिहरूलाई वासलातमा देखाइन्छ ।