ताइवान
From Wikipedia, the free encyclopedia
सन् १८९५ मा चीन र जापानबीच भएको सन्धि अनुसार नै ताइवान जापानको स्वामित्वमा गएको थियो। सन् १९२८ देखि १९४९ सम्म चीनको सर्वोच्च शासक रहेका च्याङकाइसेकले जापान विरोधी युद्धको नेतृत्व गरे। दोस्रो विश्व युद्धमा पनि जापान विरोधी मोर्चामा संलग्न रही जापान नियन्त्रित चीनको मन्चुरिया, ताइवान र ताइवान जलमार्गमा अवस्थित पेस्काडोरेस टापु समूहमाथि चिनियाँ स्वामित्व स्वीकार गराउन अमेरिका, ब्रिटेनसँग सघन र सफल कूटनीतिक भूमिका निर्वाह गरे। डिसेम्बर १९४३ मा सम्पन्न कायरो सम्मेलनमा अमेरिकी राष्ट्रपति रुजवेल्ट र ब्रिटिस प्रधानमन्त्री चर्चिललाई उनले त्यसमा सहमत गराए।
गणतन्त्र चीन 中華民國 | |
---|---|
गणन्त्र चीन (ताइवान) (रातो) स्वशाषित क्षेत्र | |
राजधानी | ताइपेइ[1] |
सबैभन्दा ठुलो सहर | न्यु ताइपेइ |
आधिकारिक भाषाहरू | चाइनिज[2] |
मान्यता प्राप्त आञ्चलिक भाषाहरू |
|
सरकारी लिपी | चिनियाँ |
जातिगत समूहहरू | ९८% हान |
रैथाने(हरू) | ताइवानी[3][4][5] and / or छिनियाँ[lower-alpha 1] |
सरकार | एकात्मक अर्ध राष्ट्रपति संवैधानिक गणतन्त्र |
साइ इङ वेन | |
व्यवस्थापिका | Legislative Yuan |
स्थापना Xinhai Revolution | |
• Wuchang Uprising | १० अक्टोबर १९११ |
• Republic established | १ जनवरी १९१२ |
• Current constitution | २५ डिसेम्बर १९४७ |
क्षेत्रफल | |
• जम्मा | १३,९७४ वर्ग माइल (३६,१९० किमी२) (136th) |
• पानी (%) | 10.34 |
जनसङ्ख्या | |
• December 2013 अनुमानित | 23,373,517 Male population: 11,684,674 Female population: 11,688,843 (52nd) |
• घनत्व | ६४४ /किमी2 (१,६६८.० /वर्ग माइल) (17th) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | 2014 लगत |
• जम्मा | $977.088 billion[6] (20th) |
• प्रति व्यक्ति | $41,581[6] (17th) |
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | 2014 लगत |
• जम्मा | $517.019 billion[6] (25th) |
• प्रति व्यक्ति | $22,002[6] (39th) |
गिनी (2010) | 34.2[7] मध्यम |
मानव विकास सूचकाङ्क (2012) | 0.890[lower-alpha 2][8] धेरै उच्च · 23rd |
मुद्रा | ताइवानी डलर (NT$) (TWD) |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+८ (राष्ट्रिय समय) |
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत) | अन्तर्राष्ट्रिय प्रमाणिक समय+८ (न हेरिएको) |
मिति ढाँचा | yyyy-mm-dd |
सडक प्रयोग | दायाँ |
इन्टरनेट डोमेन | .tw |
पश्चिम प्रशान्तमा चीन, जापान, कोरिया, दक्षिण पूर्वी एसिया क्षेत्र र सोभियत सङ्घको पूर्वी क्षेत्रसमेतलाई रणनीतिक निगरानी र सन्तुलनमा राख्न ताइवानको अति विशिष्ठ सामरिक महत्त्वबारे अमेरिकी सेना र रणनीतिक विश्लेषकहरूले अमेरिकी सरकारलाई सुझाएको बारे सियाओ–टिङ् लिनद्वारा लिखित र हार्वर्ड विश्वविद्यालयबाट प्रकाशित ‘एक्सिडेन्टल स्टेट’ मा उल्लेख भएको छ। तर जनरल सिम्मो च्याङ्ले उच्च कूटनीतिक कौशल प्रदर्शन गरेर ताइवानमाथि चीनको स्वामित्वलाई सदर गराए। १९४९ मा कुओमिन्ताङका सेना र माओका विद्रोही कम्युनिस्ट सेनाबीचको गृहयुद्धमा पराजित भएपछि जनरल सिम्मो दोस्रो विश्व युद्धको अवधिमा अमेरिकाबाट प्राप्त लडाकु विमान, पानीजहाज र अत्याधुनिक हातहतियारसहित ताइवान पलायन भएर त्यहींको शासक बने। आफूलाई समग्र चीनको शासक मान्दै १९७१ मा चीन–अमेरिकाबीचको सम्बन्ध सुधार भएर चीन राष्ट्रसंघको सदस्य नहुन्जेल ताइवानले नै समग्र चीनको प्रतिनिधित्व गर्दै राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यताको हैसियत समेत भोग गर्दै आयो।[9]
त्यतिखेर बिचको समुद्री जलक्षेत्र छिचोलेर ताइवानमाथि कम्युनिस्ट नियन्त्रण स्थापना गर्नका लागि माओसँग कुनै हवाई वा जल सैन्यक्षमता नभएकाले ताइवान च्याङकाइसेकका लागि सुरक्षित बन्न पुगेकोबारे सियाओ–टिङ् लिन र केभिन पेराइनो लिखित ‘अ फोर्स सो स्विफ्ट’ पुस्तकमा उल्लेखित छ। डिसेम्बर १९४९ मा माओ १० दिनको रेलयात्राबाट सहयोग माग्न सोभियत सङ्घ पुगेका थिए। सो समयमा स्टालिनले ताइवान सवालमा अमेरिकालाई हस्तक्षेप गर्ने कुनै निहुँ नदिन सचेत गराउँदै प्रचारबाजीमा दक्ष हजारौं कम्युनिस्ट कार्यकर्ताहरू तयार पारेर उनीहरूमार्फत ताइवानमा जनविद्रोह गराउने रणनीति अवलम्बन गर्न सल्लाह दिएका थिए।