इटहरी उपमहानगरपालिका
नेपालको एक उपमहानगरपालिका / From Wikipedia, the free encyclopedia
इटहरी उपमहानगरपालिका नेपालको कोशी प्रदेशमा पर्ने सुनसरीको एक उपमहानगरपालिका हो।[4][5] यो तीव्र गतिमा विकसित हुँदै गइरहेको पूर्वी नेपालको व्यापारिक तथा यातयातको केन्द्रविन्दु सहर हो। यो सहर धरानको दक्षिणमा र विराटनगरबाट उत्तरमा रहेको छ।[6] सुनसरी जिल्लाको तत्कालिन इटहरी गाउँ विकास समितिका सम्पूर्ण वडालाई समेटेर वि.सं. २०५३ माघ ११ गते नगरपालिका घोषणा गरिएको थियो।[1]
छरितो तथ्यहरू इटहरी, देश ...
इटहरी | |
---|---|
निर्देशाङ्क: २६°३९′४७″उ॰ ८७°१६′२८″पू॰ | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सुनसरी जिल्ला |
नगरपालिका | वि.सं. २०५३ माघ ११[1] |
समावेश (गाविस) | इटहरी |
सम्मिलित (मिति) | वि.सं. २०५३ माघ ११ |
उपमहानगरपालिका | वि.सं. २०७१ पुस २८[2] |
समावेश (गाविस) | एकम्वा, खनार, पकली र हाँसपोसा |
सम्मिलित (मिति) | वि.सं. २०७१ पुस २८ |
सरकार | |
• प्रकार | इटहरी उपमहानगरपालिका |
• मेयर | द्वारिकलाल चौधरी |
• उप मेयर | लक्ष्मी गौतम |
क्षेत्रफल | |
• जम्मा | ९३.७८ किमी२ (३६.२१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १४०५१७ |
• क्रम | २औँ (कोशी प्रदेश) १२औँ (नेपाल) |
• घनत्व | १५००/किमी२ (३९००/वर्ग माइल) |
• धर्मावलम्बी | हिन्दू बौद्ध |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | ५६७०५ |
क्षेत्रीय सङ्केत | ०२५ |
वेबसाइट | itaharimun.gov.np |
बन्द गर्नुहोस्
इटहरीलाई तत्कालिन सरकार मन्त्रिपरिषदको विकास समितिले वि.सं. २०७१ साल मङ्सिर १६ गते गरेको निर्णय र वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार उपमहानगरपालिको लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि नगरपालिकाबाट उपमहानगरपालिका घोषणा गरिएको थियो।[2] इटहरीलाई उपमहानगरपालिका घोषित गर्दा यसमा तत्कालिन एकम्वा, खनार, पकली तथा हाँसपोसा गाविसलाई समावेश गरिएको थियो।[7]