२०१८ फिफा विश्वकप
२०१८ को फिफा विश्वकप / From Wikipedia, the free encyclopedia
२०१८ फिफा विश्वकप (फिफा विश्वकपको २१औँ संस्करण) एक अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यो फुटबल विश्वकप प्रतियोगिता सन् २०१८ जुन १४ देखि सन् २०१८ जुलाई १५ का बीच रसियामा सञ्चालन भइरहेको छ जसको फाइनल खेल सन् २०१८ जुलाई १५ मा खेलिनेछ ।[2] रसियाले पहिलो पटक विश्वकप फुटबलको आयोजना गर्न लागेको हो र यसले आयोजनाको अधिकार सन् २०१० डिसेम्बर २ मा प्राप्त गरेको थियो ।[3][4][5]
Чемпиоjeevanат мира по футболу 2018 | |
---|---|
प्रतियोगिता विवरण | |
आयोजक देश | ढाँचा:Country data रसिया |
मिती | १४ जुन - १५ जुलाई |
जम्मा टिम सङ्ख्या | ३२ (५ संघहरूबाट) |
मैदान | १२ (११ वटा सहरहरूमा) |
अन्तिम परिणाम | |
विजेता | फ्रान्स (२औँ उपाधि) |
उप विजेता | क्रोएसिया |
तेस्रो स्थान | बेल्जियम |
चौथो स्थान | इङ्ल्यान्ड |
प्रतियोगिता विवरण | |
जम्मा खेलिएको खेल | 54 |
हानिएको गोल | 169 (3.13 प्रत्येक खेलमा) |
दर्शक सङ्ख्या | ३,०३१,७६८ (५६,१४४ प्रत्येक खेलमा) |
सर्बाधिक गोलकर्ता | ह्यारी केन (६ गोल)[1] |
उत्कृष्ट खेलाडी | लुका मोड्रिच[1] |
उत्कृष्ट युवा खेलाडी | किलियन एम्बाप्पे[1] |
उत्कृष्ट गोलरक्षक | थिबाउट कोर्टियस[1] |
← २०१४ २०२२ → |
यो इतिहासकै सबैभन्दा खर्चिलो विश्वकप प्रतियोगिता हुने अनुमान गरिएको छ, ब्राजिलमा आयोजना भएको २०१४ फिफा विश्वकपलाई पछि पार्दै यस विश्वकप प्रतियोगिता आयोजनाको लागि ११.८- १४ बिलियन अमेरिकी डलरको बजेट छुट्याइएको थियो।[6] यस विश्वकप फुटबलका लागि ३२ राष्ट्रका टिमहरू मुख्य प्रतियोगितामा सहभागी छन् जसमध्ये ३१ छनौट भएर आएका छन् भने १ आयोजक राष्ट्र हो । जर्मनीमा आयोजना भएको २००६ विश्वकप पछि युरोपमा आयोजना हुनलागेको यो पहिलो विश्वकप हो । समग्रमा युरोपमा आयोजना भएको यो ११औँ विश्वकप प्रतियोगिता हो । रसियाका ११ सहरहरूका १२ स्थानहरूमा जम्मा ६४ वटा म्याच भयो । सन् २०१८ जुलाई १५ का दिन मस्कोको लुझनिकी स्टेडियममा फाइनल खेल भयो ।[7][8][9]