व्यास
From Wikipedia, the free encyclopedia
महर्षि वेदव्यासलाई भगवान् विष्णुका २४ अवतारहरूमा एक अवतार मानिएको छ। उनको नाम कृष्ण द्वैपायन हो । श्रीमददेवीभागवतका अनुसार महर्षि वेदव्यास प्रत्येक द्वापर युगमा अवतरित हुन्छन्। यहाँभन्दा पहिले २८ वटा व्यासहरू अवतरित भइसकेको मानिन्छ।[1]