विश्वविद्यालय
From Wikipedia, the free encyclopedia
यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।
विश्वविद्यालय (युनिवर्सिटी) त्यो संस्था हो जसमा सबै प्रकारको विद्याहरूको उच्च कोटिको शिक्षा दिइन्छ, परीक्षा लिइन्छ तथा मानिसहरूलाई विद्या सम्बन्धी उपाधीहरु आदि प्रदान गरिन्छ। यसका अन्तर्गत विश्वविद्यालयका मैदान, भवन, प्रभाग, तथा विद्यार्थिहरूको सङ्गठन आदि पनि सम्मिलित छन्।जीवनको कुनै न कुनै विन्दुमा शिक्षित हुने र आफ्नो शिक्षाको उचित डिग्री प्राप्त गर्न सबैको चाहना हुन्छ। युनिभर्सिटीमा प्रवेश गर्नु भनेको ज्ञानको लागि आफ्नो इच्छाहरू पूरा गर्ने अवसरहरूको संसारमा प्रवेश गर्ने दिशामा एक कदम हो। उच्च शिक्षाले हामीलाई प्रदान गर्न सक्ने अवसरहरू र विकल्पहरू विश्वविद्यालयमा उपस्थित हुन चाहने सबैको लागि मूल उद्देश्य हो।[1] विश्वविद्यालयमा देहाय बमोजिमका पदाधिकारीहरू रहनेछन्ः–
(क) कुलपति
(ख) सहकुलपति
(ग) उप-कुलपति
(घ) रजिष्ट्रार
(ङ) डीनहरू
(च) अन्य पदाधिकारीहरू ।