भारतका आधिकारिक भाषाहरू
From Wikipedia, the free encyclopedia
भारतको आधिकारिक भाषा, हिन्दी हो र अङ्ग्रेजी सहायक वा गौण आधिकारिक भाषा हो; भारतका राज्यहरू आफ्नो आधिकारिक भाषा(हरू) कानुनी रूपले घोषित गर्न सक्छन्। भारतीय संविधान, र न कुनै भारतीय कानुन कुनै राष्ट्रभाषालाई परिभाषित गर्दछ।
जुन बेला संविधान लागु गरियो, त्यस बेला अङ्ग्रेजी आधिकारिक रूपले केन्द्र र राज्य दुइटै स्तरमा उपयोगमा थियो। संविधान द्वारा यो परिकल्पित गरिएको थियो कि आउँदा १५ वर्षमा अङ्ग्रेजीलाई चरणबद्ध रूपले हटाउन विभिन्न भारतीय भाषाहरू, विशेष गरी हिन्दीलाई उपयोगमा ल्याइनेछ, तर तब पनि संसदलाई यो अधिकार दिइएको थियो कि त्यो विधिक रूपले त्यसको पछि पनि अङ्ग्रेजीको उपयोग हिन्दीका साथ केन्द्र स्तरमा र अन्य भाषाहरूका साथ राज्य स्तरमा चालू राख्न सक्तछ।