राष्ट्रभाषा
From Wikipedia, the free encyclopedia
राष्ट्रभाषा, राष्ट्र भाषा वा राष्ट्रिय भाषा एउटा सार्वभौम सम्पन्न राष्ट्रको वास्तविक 'डी फ्याक्टो' वा कानुनी र औपचारिक 'डी जुरी' रूपमा प्रचलित तथा सो राष्ट्रका बहुसङ्ख्यक जनताले बोल्ने प्रमुख भाषा हो। यस शब्दको उपयोगमा भने केही स्थिरता छ। कुनै देशको एउटा क्षेत्रमा पहिलो भाषाको रूपमा बोलिने एउटा वा सो भन्दा बढी भाषाहरूलाई देशको राष्ट्रिय भाषाको रूपमा अनौपचारिक वा संविधानमा निर्दिष्ट गर्न सकिन्छ। १५० भन्दा बढी देशको संविधानमा राष्ट्रिय भाषाको उल्लेख गरिएको छ।