भर्सायको सन्धि
From Wikipedia, the free encyclopedia
भर्सेलिजको सन्धि (अङ्ग्रेजी: Treaty of Versailles फ्रान्सेली: Traité de Versailles) पहिलो विश्वयुद्धलाई अन्त्य गर्ने महत्वपूर्ण सन्धि थियो। यस सन्धिले जर्मनी र एलाइड शक्ति बीचको युद्ध अन्त्य भएको घोषणा गरेको थियो। यस सन्धिलाई सन् १९१९ जुन २८ का दिन हस्ताक्षर गरिएको थियो जुन आर्कड्युक फ्रन्ज फर्डिनान्ड को हत्या भएको पाँच वर्ष पछि भएको थियो (उक्त घटना विश्व युद्धको मुख्य कारण थियो)। जर्मनी पक्ष शक्तिहरूले पनि भिन्नै सन्धिहरु गरेका थिए।[1] यस सन्धि लिग अफ नेसन्सको सचिवालयमा २१ अक्टोबर १९९९ मा दर्ता भएको थियो।
सन्धिमा भएका प्रावधानहरुमा सबैभन्दा महत्वपूर्ण र दुविधात्मक विषयमा "सम्पू्र्ण विनाश र नोक्सानीमा जर्मनीले जिम्मा लिनुपर्ने" रहेको थियो। धारा २३१ मा रहेको, यही विषय नै दोषपूर्ण खण्डका रूपमा रहेको थियो। अर्थविद् जोन मेनार्ड केनेस (बेलायतका प्रतिनिधि) ले उक्त सन्धि जर्मनी प्रति अत्यधिक कठोर र प्रतिउत्पादक भएको तर्क गरेका थिए। केही तर्कमा भने उक्त सन्धि पनि धेरै उदार भएको धारणा पनि रहेका छन्। जर्मनीले यसको जमिनको ठूलो भागको त्याग्नुपर्ने र अन्य राज्य कब्जा गर्न जर्मनीमाथि प्रतिबन्ध लगाइएको थियो। भर्सेलिसको सन्धि जर्मनीमा लागू भएको थियो। यस कारण एडल्फ हिटलर र अन्य जर्मनेलीहरूले यो सन्धिलाई अपमानजनक मान्दथे र यसैले यो सम्झौतालाई द्वितीय विश्वयुद्धको कारण मानिन्छ।