बीसौँ शताब्दी
शताब्दी / From Wikipedia, the free encyclopedia
ग्रेगोरी पञ्चाङ्ग (क्यालेन्डर) अनुसार, इसाको २०औँ शताब्दी १ जनवरी १९०१[1] देखि ३१ डिसेम्बर २०००[2] सम्मको शताब्दी थियो। केही इतिहासकारहरूले १९१४ देखि १९९२ सम्म लाई संक्षिप्त बीसौं शताब्दीको पनि नाम लिन्छन्।
२०औँ शताब्दीमा यस्ता घटनाहरूको शृङ्खला हावी भयो जसले विश्व इतिहासमा महत्वपूर्ण परिपर्तनहरू ल्यायो र युगलाई पुन परिभाषित गर्यो : स्पेनीस फ्लु महामारी , पहिलो विश्वयुद्ध र दोस्रो विश्व युद्ध, परमाणु उर्जा र अन्तरिक्ष अन्वेषण , राष्ट्रवाद र वि-उपनिवेशीकरण, शीतयुद्ध र शीत युद्ध पश्चातको द्वन्द; अन्तरसरकारी संगठन र यातायात र सुचना प्रविधिको विकासको माध्यमबाट सांस्कृतिक आदानप्रदान ; गरिबी निवारण र विश्व जनसंख्या वृद्धि , वातावरण विनाश ;[3][4] मोस्फेट ट्रान्जिसटर र इन्टिग्रेटेड सर्किटको कारणले डिजिटल क्रान्ति। २०औँ शताब्दीमा उर्जा उत्पादन, सुचना र चिकित्मासा प्रविधि ठूलो विकास देखियो जसले १९८० को दशकको उत्तरार्धमा विश्वव्यापी कम्युटर संचार र जेनेटिक परिवर्तन सम्भव गरायो।
बीसौं शताब्दीमा मानव जीवनको प्रायः सबै पक्षहरू परिवर्तन भए।
बीसौं शताब्दी समय बितेको रेकर्डको अनुसार सन् १९०१ - २००० सम्म चलेको शताब्दी थियो।
- औसत मृत्यु
- औसत शिशु मृत्यु
- फैलिने रोग
- औसत उमेर
- प्रसूति हुँदा आमाको औसत मृत्यु