बाराक ओबामा
संयुक्त राज्य अमेरिकाका ४४ औँ राष्ट्रपति / From Wikipedia, the free encyclopedia
बाराक हुसेन ओबामा (जन्म: ४ अगस्ट, १९६१) अमेरिकाका ४४औं राष्ट्रपति हुन्। [2] उनी यस देशका प्रथम अश्वेत (अफ्रिकी अमेरिकी) राष्ट्रपति हुन्। उनले २० जनवरी, २००९ का दिन राष्ट्रपति पदको शपथ ग्रहण गरेका हुन्। [3] ओबामा इलिनोइ राज्यबाट कनिष्ठ सेनेटर तथा २००८ मा अमेरिकाका राष्टपति पदका लागि डेमोक्र्याटिक पार्टीका उम्मेद्वार थिए। [4] ओबामाले हार्भर्ड ल स्कुलबाट सन् १९९१ मा स्नातक गरे, जहाँ उनी हार्भर्ड ल रिभ्यूका प्रथम अफ्रीकी अमेरिकी अध्यक्ष पनि भए। [स्रोत नखुलेको] सन् १९९७ देखि २००४ सम्म इलिनोइ सेनेटमा तीन सेवाकाल पूरा गर्नुअघि ओबामाले सामुदायिक आयोजकको रूपमा काम गरे अनि नागरिक अधिकार अधिवक्ताका रूपमा प्रेक्टिस गरे।[स्रोत नखुलेको] सन् १९९२ देखि २००४ सम्म उनले शिकागो कानुन विश्वविद्यालयमा संवैधानिक कानुनको अध्यापन कार्य पनि गरे। सन् २००० मा अमेरिकी हाउस अफ रेप्रिजेन्टेटिभ सीट हासिल गर्न असफल भएपछि जनवरी २००३ मा उनको नजर अमेरिकी सेनेटतर्फ पर्यो जहाँ उनले मार्च २००४ मा प्राथमिक विजय प्राप्त गरे र नोभेम्बर २००३मा सेनेटका लागि निर्वाचित भए। [स्रोत नखुलेको]
बाराक ओबामा | |
---|---|
अमेरिकाका ४४औं राष्ट्रपति | |
कार्यकाल जनवरी २०, २००९ – जनवरी २०, २०१७ | |
उपराष्ट्रपति | जो बाइडेन |
पूर्वाधिकारी | जर्ज डब्लु बुश |
उतराधिकारी | डोनाल्ड ट्रम्प |
अमेरिकी सिनेटर इलिनोइबाट | |
कार्यकाल जनवरी ३, २००५ – नोभेम्बर १६, २००८ | |
पूर्वाधिकारी | पिटर फिट्सजेरल्ड |
उतराधिकारी | रोल्याण्ड बुरिस |
इलिनोइ सिनेट सदस्य १३ औँ डिसट्रिक्टबाट | |
कार्यकाल जनवरी ८, १९९७ – नोभेम्बर ४, २००४ | |
पूर्वाधिकारी | एलिस पाल्मर |
उतराधिकारी | क्वामी राउल |
व्यक्तिगत विवरण | |
जन्म | बाराक हुसेन ओबामा II अगस्ट ४, १९६१ [1] होनोलुलु, हवाई |
राजनीतिक दल | डेमोक्राटिक पार्टी |
जीवन साथी | मिसेल रोबिन्सन ओबामा |
सन्तान(हरू) | मालिया, साशा |
निवास(हरू) | ह्वाइट हाउस (सरकारी) शिकागो, इलिनोइ (निजी) |
मातृ शिक्षाप्रतिष्ठान | अक्सिडेन्टल कलेज कोलम्बिया युनिभर्सिटी (बि. ए. ) हार्वार्ड ल स्कुल (जे.डि.) |
जीवनवृति | कानुन व्यवसायी संबैधानिक कानुनका प्राध्यापक लेखक |
हस्ताक्षर | |
वेबसाइट | ह्वाईट हाउस बाराक ओबामा |
१०९ औँ कंग्रेसमा अल्पसंख्य डेमोक्रेट सदस्यका रूपमा उनले पारम्परिक हात-हतियारमाथि नियन्त्रण तथा सङ्घीय कोषको प्रयोगमा अधिक सार्वजनिक उत्तरदायित्वको समर्थन गर्दै विधेयक बनाउनमा सहयोग गरे। डेमोक्रेटिक राष्ट्रपति फ्र्यान्क्लिन डि. रुजबेल्ट ले १९३० को दशकको महामन्दी सामना गरे जस्तै उनले पनि २००७-२००८ को वित्तीय सङ्कट अमेरिकी नियमन प्रणाली महत्त्वपूर्ण परिवर्तहरू गरे।[5] उनी पूर्वी युरोप, मध्य पूर्व र अफ्रिकाको राजकीय यात्रामा पनि गए। ११० औँ कंग्रेसमा लबिइङग तथा चुनावी धाँधली, मौसम परिवर्तन, नाभिकीय आतंकवाद तथा युद्धबाट फर्किएका अमेरीकी सैनिकहरूको कल्याण सम्बन्धित विधेयक-निर्माणमा उनले सहयोग गरे। विश्व शान्तिमा उल्लेखनीय योगदान पुर्याए बापत बराक ओबामालाई वर्ष २००९ को नोबेल पुरस्कार प्रदान गरियो। [6] सन् २०१२ नोभेम्बरमा अर्का प्रतिद्वन्द्धि रिपब्लिकन पार्टीका उम्मेद्वार मिट रम्नीलाई हराउँदै उनी दोस्रो कार्यकालका लागि पुन:निर्वाचित भएका हुन।[स्रोत नखुलेको]