फेसबुक
अनलाइन सामाजिक सञ्जाल सेवा / From Wikipedia, the free encyclopedia
फेसबुक (अङ्ग्रेजी: Facebook) एक निजीरूपमा सञ्चालित सामाजिक सञ्जाल हो, जुन फेसबुक निगमको स्वामित्वमा रहेको छ। प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन्। आफ्नो प्रोफाइल अध्यावधिक गरी साथीहरूलाई उनीहरूबारे जानकारी समेत गराउँदछन्। यसका अतिरिक्त प्रयोगकर्ताको सहर, विद्यालय, कलेज या कार्यस्थलको आधारमा बनाइएका सञ्जालमा सामेल हुन सक्छन्। आफनो फेसबुक प्रयोगकर्ता पृष्ठको 'वाल' वा 'टाइमलाइन'मा प्रयोगकर्ताले आफनो दैनिकी वा विविध विषय साथीहरू माझ बाँड्न समेत सक्छन्। प्रयोगकर्ताहरूले बढीमा ५,००० जना साथी आफ्नो खातामा जोड्न सक्छन्। फेसबुकद्वारा प्रदान गरिएको फेसबुक पृष्ठ नामक विशेष सेवा प्रयोग गरेर चर्चित व्यक्ति, कलाकारहरू आफ्ना प्रशंसकहरूसँग अन्तरक्रिया पनि गर्न सकिन्छ। फेसबुकमा अहिले एकअर्कासँग सन्देश वार्तालाप, भिडियो वार्तालाप, सामूहिक वार्तालाप र गीत सुन्ने जस्ता सुविधाहरू थप गरिएका छन्। फेसबुक प्रयोग गर्नका लागि प्रयोगकर्ताको उमेर कम्तिमा १३ वर्षको हुनुपर्ने नियम रहेको छ साथै इमेलबाट फेसबुक खातालाई सक्रिय बनाइने भएकाले प्रयोगकर्तासँग निजी इमेल खाता हुनुपर्दछ, इमेल नभए आफ्नो फोन नम्बर राखेर पनि खाता खोल्न सकिन्छ। फेसबुक चलाउन मन नलागेमा आफ्नो खाता निस्कृय पनि बनाउन सकिन्छ। खाता निस्कृय बनाइसकेपछि तत्कालका लागि फेसबुक खातामा कसैले टिप्पणी, पोस्टलाई लाइक र वालमा लेख्न सक्दैन, तर स्थायीरूपमा भने खाता मेटिदैन र पछि सक्रिय बनाएपछि सबै सूचनाहरू प्राप्त समेत गर्न सकिन्छ। फेसबुकको मुख्य विवादको कुरा यसको गोपनीयताको रहेको छ। यो वेबसाइटको नामको उद्गम भने विश्वविद्यालयले विद्यार्थीहरूलाई एक अर्कालाई चिन्न सहयोग पुर्याउने उद्देश्यले तयार पारिएको पुस्तकको नामबाट आएको हो, जुन नयाँ शत्र सुरु हुने बेला सबै विद्यार्थीहरूलाई दिने गरिन्थ्यो।
साइटको प्रकार | सामजिक सञ्जाल सेवा प्रकाशक |
---|---|
उपलब्ध भाषा | बहुभाषिक (१४०) |
सेवा क्षेत्र | अमेरिका (२००४-वर्तमान) विश्वव्यापी, निषेधित राष्ट्र वाहेक (२००५-वर्तमान) |
अभिभावक | फेसबुक निगम |
युआरएल | फेसबुक.कम (अल्त: एफबी.कम) |
अलेक्सा क्रम | ४ (जनवरी २०२०[उद्यतन])[1] |
दर्ता | आवश्यक |
प्रयोगकर्ताहरू | २४ करोड ५० लाख मासिक सक्रिय प्रयोगकर्ता (सेप्टेम्बर २०१९ अनुसार[उद्यतन][2] |
चालु भएको मिति | फेब्रुअरी ४, २००४; २० वर्ष पहिले (२००४-०२-04) |
वर्तमान स्थिति | सक्रिय |
लेखिएको भाषा | सी++, पिएचपी (एचएचभिएम), डी |
[3][4][5][6][7] |