पोल्यान्ड
मध्य युरोपको देश / From Wikipedia, the free encyclopedia
पोल्यान्ड (पोलिस: Polska, पोल्स्का) लाई आधिकारिक रूपमा गणतन्त्र पोल्यान्ड भनिन्छ। यो मध्य युरोपको एक देश[1] हो जसको सिमाना पश्चिममा जर्मनी, दक्षिणमा चेक गणतन्त्र र स्लोभाकिया, पूर्वमा युक्रेन र बेलारुस, र उत्तरमा बाल्टिक सागर, लिथुवानिया, र रुस सँग जोडिएको छ। बाल्टिक सागरको यसको जल सिमाना डेनमार्क र स्विडेन सँग साझा छ। पोल्यान्डको कूल क्षेत्रफल ३१२,६८५ वर्ग किमि[2] (१२०,७२८ बर्ग मिल) छ। जसका कारण पोल्यान्ड संसारकै ६९औं ठूलो[3] राष्ट्र हुनपुगेको छ। यहाँको जनसङ्ख्या ३ करोड ८५ लाख भन्दा बढि छ। पोल्यान्डियालीहरू मुख्यत: ठूला सहरहरूमा बस्तछन्।