कञ्चनजङ्घा हिमाल
नेपाल र भारतमा अवस्थित पृथ्वीको तेस्रो अग्लो हिमाल / From Wikipedia, the free encyclopedia
कञ्चनजङ्घा हिमाल नेपालमा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल हो।[3] यो हिमाल ८,५८६ मिटर (२८,१६९ फिट) अग्लो रहेको छ। पश्चिममा तमोर नदी, उत्तरमा ल्होनाक चु र जोङ्सोङ् ला र पूर्वमा टिस्टा नदीद्वारा कञ्चनजङ्घा हिमलको घेरिएको छ।[1][4] यो भारत र नेपालको सिमानामा अवस्थित छ। यसका पाँच चुचुरामध्ये तीन वटा मुख्य, मध्य र दक्षिणमा सिधा सिमानामा पर्दछन्। यस हिमाल नेपालको ताप्लेजुङ जिल्लामा पर्दछ।[5][6] यस हिमालको प्राचीन तथा मौलिक रैथाने नाम सेसेलुङ चन्जनलुङ भनिन्छ । उक्त प्राचीन नामलाई अप्रभङ्स गराई कञ्चनजङ्घा बनाइएको देखिन्छ ।
कञ्चनजङ्घा | |
---|---|
सर्वोच्च बिन्दु | |
उचाइ | ८,५८६ मी (२८,१६९ फिट)[1] तेस्रा |
प्रमुखता | ३,९२२ मी (१२,८६७ फिट)[2] २९औँ |
भिन्नता | १२४ किमी (७७ माइल) |
सूची |
|
निर्देशाङ्क | २७.७° उत्तर ८८.१३३३३° पूर्व / 27.7; 88.13333[2] |
भूगोल | |
Lua error in मोड्युल:Location_map at line 452: स्थानका मान विकृत.
| |
स्थान | ताप्लेजुङ जिल्ला, नेपाल; सिक्किम, भारत[2] |
हिमशृङ्खला | हिमालय |
आरोहण | |
पहिलो आरोहण | सन् १९५५ को बेलायती कञ्चनजङ्घा अभियान अन्तर्गत २५ मे १९५५ मा, जो ब्राउन र जर्ज ब्यान्ड (प्रथम शितकालिन आरोहरण ११ जनवरी १९८६ मा, जर्जी कुकुज्का र क्राजिस्टफ वाइलिकिद्वारा) |
सबैभन्दा सजिलो मार्ग | हिमनदी/हिउँ/बरफको मार्ग |
सन् १८५२ सम्म कञ्चनजङ्घा विश्वको सबैभन्दा अग्लो हिमाल मानिएको थियो। तर, सन् १८४९ मा भारतको विशाल त्रिकोणमितिय सर्वेक्षणले गरेको विभिन्न पठन पाठन र मापनका आधारमा गरिएको हिसाबले त्यतिबेला शिखर पन्ध्र भनेर चिनिने सगरमाथा सबैभन्दा उच्च रहेको थियो भन्ने निष्कर्षमा पुगेको थियो। सबै हिसाबको थप प्रमाणीकरणको लागि अनुमति दिँदै सन् १८५६ मा आधिकारिक रूपमा कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल भनि घोषणा गरिएको थियो।[7]
सन् १९५५ मा बेलायती कञ्चनजङ्घा अभियानमा रहेका भ जो ब्राउन र जर्ज ब्यान्डले २५ मे १९५५ मा पहिलो पटक कञ्चनजङ्घाको आरोहण गरेका थिए। धर्मराजलाई दिएको वाचा बमोजिमनै उनीहरूले हिमालको चुचुरो यथावत रहने गरी शिखरको काम रोकेका थिए। शिखरमा पुगेका हरेक आरोही वा आरोही समूहले यस परम्परालाई पछ्याएका थिए।[8]