एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० वा सो भन्दा बढी रन बनाउने खेलाडीहरूको सूची
From Wikipedia, the free encyclopedia
कुनै पनि प्रकारको क्रिकेटमा १०,००० रन पूरा गर्नुलाई एक महत्त्वपूर्ण उपलब्धि मानिन्छ । [1][2][3] सन् १९९४ मा वेस्ट इन्डिजका डेसमन्ड हेन्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सर्वाधिक जम्मा ८,६४८ रन बनाएर सन्यास लिए । वहाँको यो किर्तिमान ४ वर्षपछि भारतका मोहम्मद अजहरुद्दीनले तोड्न सफल भए ।[4] अजहरुद्दीनको यो रेकर्ड पनि उनकै समकक्षी सचिन तेन्दुलकरले सन २००२ को अक्टोबरमा भेट्टाउन सफल भए ।[5] त्यसको एक वर्षपछि, घरेलु मैदानमा अस्ट्रेलिया विरुद्धको शृङ्खलामा तेन्दुल्कर एकदिवसीय क्रिकेटमा १०,००० रन पूरा गर्ने पहिलो खेलाडी बन्न सफल भए ।[6] २०१५ को अक्टोबर सम्ममा, ६ राष्ट्रका ११ जना खेलाडीहरूले १०,००० रनको कोसेढुङ्गा पार गरिसकेका छन् । यीमध्ये ४ जना खेलाडीहरू श्रीलङ्का र ३ जना भारतका छन् । यस्तै पाकिस्तान, अस्ट्रेलिया, वेस्ट इन्डिज र दक्षिण अफ्रिकाका एक एक खेलाडीले १०,००० रन पुरा गरेका छन् ।[7] बङ्गलादेश, इङ्ल्यान्ड, न्युजिल्यान्ड र जिम्बाब्वेका कुनै पनि खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० रन पुरा गर्न सकेका छैनन् ।
१०,००० रन पुरा गर्न भारतका सचिन तेन्दुलकरले सबैभन्दा कम (२५९) र श्रीलङ्काका माहेला जयवर्दनेले सबैभन्दा बढी (३३३) इनिङ लगाएका छन् । तेन्दुल्करको नाममा अन्य धेरै किर्तिमान रहेका छन् जस्तैः सर्वाधिक शतक, सर्वाधिक अर्ध शतक । सौरभ गांगुली १०,००० रन पूरा गर्ने दोस्रो खेलाडी हुन् । उनले सबैभन्दा छोटो समयमा १०,००० रन बनाउन सफल भए । उनलाई १०,००० रन पूरा गर्न मात्र १० वर्ष र ३१७ दिन लागेको थियो । [lower-alpha 1][10] राहुल द्रविड यो कोसेढुङ्गा पार गर्ने तेस्रो भारतीय खेलाडी हुन् । यस्तै ब्रायन लाराले लगाएको १६ वर्ष १७ दिन १०,००० रन पुरा गर्न लागेको सबैभन्दा धेरै समय हो ।[11] २०१५ को अक्टोबर सम्ममा एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा सचिन तेन्दुल्कर १८,४२६ रन सहित पहिलो र श्रीलङ्काका कुमार संगाकारा १४,२३४ रन सहित दोस्रो स्थानमा छन् ।[12] श्रीलङ्का कै तिलकरत्ने दिलशान १०,००० रन पुरा गर्ने पछिल्लो खेलाडी हुन् [lower-alpha 2][14] र १०,००० रन पूरा गरी अहिलेसम्म सक्रिय खेलाडी पनि दिलशान मात्रै हुन् अन्य सबै खेलाडीले खेल जीवनबाट सन्यास लिइसकेका छन् ।[7]