उपयोगिता
From Wikipedia, the free encyclopedia
उपयोगिता अर्थशास्त्रको एक विशिष्ट शब्द हो ।[1] यस अवधारणाको विकास गर्नमा फ्रेन्च अर्थशास्त्री जेभन्सको ठूलो योगदान छ । कुनै वस्तुको उपभोग गरिसकेपछि सन्तुष्टि प्राप्त हुन्छ तर उपभोग नगर्दै त्यसमा उपयोगिता रहेको हुन्छ । त्यसैले यो वस्तुको सन्तुष्टि दिने गुण हो । बोलचालको भाषामा हामीले लाभदायकलाई उपयोगी भन्छौं हानिकारक लाई उपयोगी भन्दैनौं तर अर्थशास्त्र हरेक त्यस वस्तुमा उपयोगिता भएको मानिन्छ जसको माग हुन्छ । उदाहरणका लागि चुरोट स्वास्थ्यका लागि हानिकारक छ र फलफूल लाभदायक । तर अर्थशास्त्रमा दुवैमा उपयोगिता भएको भनिन्छ । त्यसै गुणले गर्दा बजारमा दुवै वस्तुको माग हुन्छ । त्यसैले उपयोगितामा निम्न लिखित गुण हुन्छन्
- १. हानिकारक र लाभदायक दुवैमा उपयोगिता हुन्छ ।
- २. उपयोगिता उपभोग गर्नेको व्यक्तिगत गुण हो ।
- ३. उपभोग नगर्दै उपयोगिता हुन्छ र उपभोग गरिसकेपछि त्यो सन्तुष्टिमा रुपान्तरण हुन्छ ।
उपयोगिता तीन प्रकारका हुन्छन्
- १. सीमान्त उपयोगिता
- २. औसत उपयोगिता
- ३. कुल उपयोगिता