अश्लील चित्रण
यौन कार्यहरूको स्पष्ट रूपाङ्कन / From Wikipedia, the free encyclopedia
अश्लील चित्रणले यौन उत्तेजनाका लागि यौनको चित्रणलाई बुझाउँछ ।[1] अश्लील चित्रण पत्रिका, एनिमेसन, लेख, चलचित्र, भिडियो वा भिडियो गेमको रूपमा उपलब्ध हुन सक्छ । यस वाक्यांशले अश्लील कार्यक्रमलाई समावेश गर्दैन । आधुनिक अश्लील चित्रणको प्राथमिक विषय अन्तर्गत यौन प्रदर्शनकर्ताहरू पर्दछन् ।
विभिन्न सामाजिक समुदायले यौनको चित्रणलाई अनैतिक [2] र दुर्व्यसनी मानी अवैध बनाएका छन् । यस्ता मान्यताका साथै अश्लील चित्रणको परिभाषा पनि देश र समुदाय अनुसार फरक भएको पाइन्छ ।[3] अश्लील चित्रणको निर्माण र उपभोग गर्ने यौन उद्योगको स्थापना र विकास २० औँ शताब्दीको दोस्रो भागतिर मात्रै भएको थियो । घरघरमा टेलिभिजन र इन्टरनेटको सुविधाले विश्वभर यौन उद्योगको राजस्व वृद्धि तीव्र गतिमा हुन थाल्यो । अहिले यस उद्योगले बर्सेनि रूपमा अरबौँ रुपियाँको राजस्व आर्जन गर्छ ।[4] सन् २००६ मा विश्वभरको यौन उद्योगले रु. ९७ अर्बको आम्दानी गरेको थियो ।[5] यो उद्योग हजारौँ प्रदर्शनकर्ताका साथै उत्पादन कर्मचारीहरूका लागि जीविकोपार्जनको स्रोत बनेको छ । अहिले चाहिँ बलात्कार र साइबरसेक्सका भिडियोहरू पनि सजिलैसँग नाम चलेका अश्लील वेबसाइटमा हेर्न सकिन्छ ।[6][7]