२०२३ एशिया कप
From Wikipedia, the free encyclopedia
२०२३ एशिया कप एसिया कपको १६औँ संस्करण हो, खेलहरू पाकिस्तानमा र श्रीलंकामा एक दिवसीय अन्तराष्ट्रियको रूपमा खेलाइएको थियो।[1] प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए। [2] यो सेप्टेम्बर २०२३ मा, २०२३ क्रिकेट विश्वकप अघि तयारी शृंखलाको रूपमा आयोजना गरिएको थियोे ।[3][4] श्रीलङ्का डिफेन्डिङ च्याम्पियन हो।[5]
छरितो तथ्यहरू २०२३ एशिया कप, मिति ...
२०२३ एशिया कप | |
---|---|
मिति | ३० अगस्ट – १७ सेप्टेम्बर २०२३ |
प्रशासक(हरू) | एसियाली क्रिकेट परिषद् |
क्रिकेटको प्रकार | एकदिवसीय अन्तर्राष्ट्रिय |
टुर्नामेन्टको प्रकार | ग्रुप स्टेज र फाइनल |
आयोजक(हरू) | पाकिस्तान श्रीलङ्का |
विजेता | भारत (८औँ उपाधि) |
उप-विजेता | श्रीलङ्का |
सहभागीहरू | ६ |
खेल संख्या | १३ |
म्यान अफ द सिरिज | कुलदिप यादव |
अधिक रन | शुभमन गिल (२०३) |
अधिक विकेट | मथिसा पथिराना (११) |
← २०२२ २०२५ → |
बन्द गर्नुहोस्
प्रतियोगितामा एसियाली क्रिकेट परिषद्का पाँच पूर्ण सदस्य अफगानिस्तान, बङ्गलादेश, भारत, पाकिस्तान र श्रीलङ्काले भाग लिएका थिए। जनवरी २०२३ मा, एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले २०२३ र २०२४[6] को लागि मार्ग संरचना र क्यालेन्डर घोषणा गर्यो, जहाँ तिनीहरूले प्रतियोगिताको मिति र ढाँचा पुष्टि गरे। मूल रूपमा, प्रतियोगिता २०२१ मा हुने तालिका थियो, तर व्यस्त तालिकाको कारण २०२३ मा स्थगित भएको थियो, जसमा पाकिस्तान आयोजक थियो।