हिउँ चितुवा
From Wikipedia, the free encyclopedia
हिउँ चितुवा (अङ्ग्रेजी: Snow Leopard) ठुलो बिरालो प्रजातिको मांसाहारी जनावर हो, जुन दक्षिण एसिया तथा मध्य एसियाका हिमाली क्षेत्रमा पाइन्छ। हिउँ चितुवा समुन्द्री सतहबाट ३,००० देखि ५,५०० मिटर उचाइ बीचका चट्टानी हिमाली क्षेत्रमा बसोबास गर्छन। लुकेर रहने स्वभाबको कारण यिनिहरूको सही सङ्ख्या थाहा हुन सकेको छैन, तापनि खुला जङ्गली क्षेत्रमा ३,५०० देखि ७,००० को सङ्ख्यामा तथा बिश्वका चिडियाघरहरूमा ६०० देखि ७०० को सङ्ख्यामा हिउँ चितुवाहरू रहेको अनुमान गरिएको छ।
छरितो तथ्यहरू हिउँ चितुवा, संरक्षण स्थिति ...
हिउँ चितुवा | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | स्तनधारी प्राणी |
गण: | मांसाहारी |
परिवार: | फेलिडे |
उपपरिवार: | Pantherinae |
वंश: | पान्थेरा |
प्रजाति: | P. uncia |
वैज्ञानिक नाम | |
Panthera uncia | |
बन्द गर्नुहोस्
हिउँ चितुवा अन्य ठुला बिरालो प्रजातिका जनावर भन्दा सानो हुन्छ, तर उनीहरू कै आकारमा देखिन्छ, सामान्यतया यिनीहरूको तौल २७ देखि ५४ किलोग्राम तथा लम्बाइ ७५ देखि १३० सेन्टिमिटरको हाराहारीमा हुन्छ भने पुच्छर सहितको लम्बाइ यो लम्बाइको ७५ देखि ९० प्रतिशत बढी हुने गर्छ।