सुनौलो लङ्गुर
From Wikipedia, the free encyclopedia
गिको सुनौलो लङ्गुर अथवा सामान्यतया सुनौलो लङ्गुर, भारतको पश्चिमी आसामको सानो क्षेत्रमा र भुटानको कालो हिमालको छिमेकी पहाडहरूमा पाइने पुरानो जगतको बाँदर एक प्रजाति हो अथवा अर्को शब्दमा भन्नुपर्दा यो पूर्व जगतको बाँदर प्रजातिको एक सदस्य हो जुन भारतको पश्चिमी आसाम तथा भुटानका केही भूभागहरूमा पाइन्छन्।[3][4] यस प्रजातिको लङ्गुर भारतमा बाँदर प्रजातिको सबैभन्दा सङ्कटापन्न जीवको रूपमा रहेको छ। धेरै हिमालयका मानिसहरूले लामो समयदेखि पवित्र मानेका यस सुनौलो लङ्गुरलाई सर्वप्रथम सन् १९५० मा, बेलायती भारतीय प्रकृतिविद् एड्डर्व पिटचर्ड गिले यसको खोज तथा अनुसन्धान गरेका थिए।[5][6] सुनौलो लङ्गुरको वयस्क भालेहरूको शरीरमा गाढा पहेँलो वा सुनौलो रङ हुन्छ भने पोथीहरूको शरीरमा हल्का खाले रङ हुन्छ।यसको अनुहार सामान्यतया कालो हुन्छ जसलाई सुनौलो केशले घेरेको हुन्छ। यस प्रजातिको लङ्गुरको पुच्छर लामो हुन्छ भने यसक लम्बाइ ५० सेन्टिमिटर (१९.६९ इन्च) लामो हुन्छ। यो उच्च रूखमा बस्दछ। पाकेको र नपाक्ने फलफूल, परिपक्व तथा साना पातहरू, बीउ, फल र फूलहरूको जडीबुटीयुक्त बनस्पतिहरू यसका प्रमुख आहार हुन्। समूहको औसत आकारमा आठ जना हुन्छन् र प्रत्येक वयस्क भालेको अनुपातमा पोथीको अनुपात भन्दा ठूलो हुन्छ। यो भारत र भुटानको सबैभन्दा खतरामा परेको बाँदरको प्रजातिहरू मध्ये एक हो।[6]
सुनौलो लङ्गुर[1] | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | स्तनधारी प्राणी |
गण: | प्राथमिकवर्ग |
परिवार: | पूर्व जगत बाँदर |
वंश: | Lutung (Khajuria, सन् १९५६) |
प्रजाति: | T. geei |
वैज्ञानिक नाम | |
Trachypithecus geei (Khajuria, सन् १९५६) | |
उप-प्रजाति | |
| |
सुनौलो लङ्गुरको बासस्थान दायरा |