सगरमाथा
विश्वको सबैभन्दा उच्च हिमाल, यसको उचाई ८,८४८.८६ मिटर रहेको छ । / From Wikipedia, the free encyclopedia
सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाई समुन्द्र सतहबाट ८,८४८.८६ मिटर (२९,०३१.६९ फिट) छ ।[3] सन् ८ डिसेम्बर २०२० अगाडी यसको उचाई समुन्द्र सतहबाट ८,८४८ मिटर मानिएको थियो ।[4] सगरमाथा नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । विशेष गरी थुलुङ राई स्थानियवासीहरू सगरमाथालाई चोमोलुङ भन्दछन् । सगरमाथालाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामाकरण गरिएको थियो ।[5] पछि सन् १९५६ (बि.स. २०१२) मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन साथै उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन् ।[6] यसलाई कतै कतै देवढुङ्गा [7] पनि भन्ने गरेको पाइन्छ । सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए ।
सगरमाथा | |
---|---|
नेपाली: सगरमाथा Qomolangma ཇོ་མོ་གླང་མ 珠穆朗玛峰 | |
सर्वोच्च बिन्दु | |
उचाइ | ८,८४८.८६ मी (२९,०३१.७ फिट)[1] सबैभन्दा अग्लो |
प्रमुखता | ८,८४८ मी (२९,०२९ फिट) सगरमाथाको लागि विशेष |
भिन्नता | ४०,००८ किमी (२४,८६० माइल) |
सूची | सेभेन समिट आठ-हजारी देशको उच्च बिन्दु |
भूगोल | |
स्थान | सोलुखुम्बु जिल्ला, कोशी प्रदेश, नेपाल[2] |
हिमशृङ्खला | महालङ्गुर हिमश्रृङ्खला |
आरोहण | |
पहिलो आरोहण | २९ मे १९५३ एडमण्ड हिलारी तेन्जिङ नोर्गे शेर्पा |
सबैभन्दा सजिलो मार्ग | साउथकोल (नेपाल) |