ल्होत्साम्पा
From Wikipedia, the free encyclopedia
ल्होत्साम्पा (तिब्बती: ལྷོ་མཚམས་པ་, अर्थ: दक्षिणबासि) भुटानका मुख्यतया हिन्दुधर्मी र अरु नेपाली मूलका मानिसहरूलाई भनिन्छ। यिनीहरू भुटानमा इश्वी १९औ सताब्दी देखि बसोबास गर्न थाले। [5] [6] यिनीहरूको आगमन बढ्दै गएका बेला भर्खरै भुटानको राजनीतिक विकास हुन थालेको थियो र १८८५मा तत्कालिन राजा उगेन वान्ग्चुच्कले कुटनैतिक सम्बन्ध बढाएर भुटानको पररास्ट्र नीति ब्रिटिश/भारतलाई सुम्पे।[6][7] तर धेरै सङ्ख्यामा बसाइ सर्नुभन्दा धेरै पहिले करिब सन् १६२०मा नै शाब्द्रुंग नवांग नामग्यालले केही नेवार शिल्पकारहरूलाई काठमाडौँबाट बोलाएका थिए [8]
ལྷོ་མཚམས་པ་ | |
---|---|
जम्मा जनसङ्ख्या | |
२४२,०००[1][2][3][4] | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
भाषाहरू | |
धर्महरू | |
सम्बन्धित जातीय समूह | |
ब्राह्मण, क्षेत्री, खस, किराँत जाति |
यिनीहरू हिन्दु चाड पर्बहरू दसैं र तिहार, मनाउछन् भने बौद्ध धर्मको ल्होसार, लूसोंग, सागा दावा, ल्हाबाब ड्युचेन, ड्रूपका टेशी र भूमचूती अरु चाड-पर्ब हुन। नेपाली प्राय सबै ल्होत्साम्पाको बोलीचालीको भाषा हो र अङ्ग्रेजी र हिन्दी बोल्ने अनि बुझ्ने मानिसहरू पनि छन्। अरु भाषाहरूमा गुरूङ, लेप्चा, लिम्बु, मगर, नेवारी र तामाङ इत्यादि पर्दछन।
तिनीहरू मध्ये करिब एक लाख दुई दशकदेखि दक्षिणपूर्वी नेपालको झापा र मोरङ जिल्लाका सात शिविरमा शरणार्थीका रूपमा छन्[9]. त्यसैगरी भारतमा ३० हजार जति ल्होत्साम्पाहरू शरणार्थीका रूपमा बसिरहेका रहेका छन्। उनिहरूले शरणार्थी सम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्त र नेपाल सरकारबाट केही राहत र सहयोग् पाउछन्। भुटानी शरणार्थीको पुनर्वास कार्यक्रम अर्न्तर्गत हालसम्म ४० हजार शरणार्थी पुनर्वासका लागि विदेश प्रस्थान गरे। संयुक्त राज्य अमेरिकाले हालसम्म ३४ हजार १२९ शरणार्थीलाई पुनर्वासमा लिइसकेको छ [10]।