लुइस स्वारेज
उरुग्वेन फुटबल खेलाडी / From Wikipedia, the free encyclopedia
लुइ आलबेर्तो स्वारेज दियास (जन्म २४ जनवरी १९८७) उरुग्वेली फुटबल खेलाडी हुन्। उनी मेजर लिग सकरको क्लब इन्टर मियामी र उरुग्वेको राष्ट्रिय टोलीमा अग्रपङ्क्तिको रूपमा खेल्ने गर्दछन्।
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | लुई आलबेर्तो स्वारेज दियास | ||
जन्म मिति | (1987-01-24) २४ जनवरी १९८७ (उमेर ३७) | ||
जन्म स्थान | साल्तो, उरुग्वे | ||
उचाइ | १.८१ मी (५ फिट ११ इन्च) | ||
खेल्ने स्थान(हरू) | अग्रपङ्क्ति | ||
क्लब जानकारी | |||
वर्तमान टोली | एफसी बार्सिलोना | ||
सङ्ख्या | ९ | ||
युवा करियर | |||
सन् २००३-२००५ | नास्योनाल | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
सन् २००५-२००६ | नास्योनाल | २७ | (१०) |
सन् २००६-२००७ | ख्रोनिङेन | २९ | (१०) |
सन् २००७-२०११ | एएफसी आयाक्स | ११० | (८१) |
सन् २०११-२०१४ | लिभरपुल | ११० | (६९) |
सन् २०१४–२०२० | बार्सिलोना | १६३ | (१३१) |
२०२०- | एथ्लेटिको म्याड्रिड | ||
अन्तर्राष्ट्रिय करियर‡ | |||
सन् २००६-२००७ | २० वर्ष मुनिको राष्ट्रिय फुटबल टोली | ४ | (२) |
सन् २०१२- | २३ वर्ष मुनिको राष्ट्रिय फुटबल टोली | ४ | (३) |
सन् २००७- | उरुग्वे | १०६ | (५५) |
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २० मे २०१८ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ६ जुलाई २०१९ |
स्वारेजलाई उनको पुस्ताको एक महान खेलाडी र फुटबल इतिहासको महान अग्रपङ्क्ति खेलाडी मध्ये एक मानिन्छ। [note 1] स्वारेजले आफ्नो व्यावसायिक फुटबल खेल जीवनमा क्लब स्तरको ७ लिग, १ युएफा च्याम्पियन्स लिग र उरुग्वेको तर्फबाट २०११ कोपा अमेरिका सहित १९ वटा मुख्य उपाधिहरू जितेका छन्। सदावहार गोलकर्ता स्वारेजले दुई युरोपेली सुनौलो जुत्ता, एरिडिभिसी सुनौलो जुत्ता, एक प्रिमियर लिग सुनौलो जुत्ता र पिचिची उपाधि जितेका छन्। उनले क्लब र देशको लागि ५०० भन्दा धेरै गोल गरिसकेका छन्।[9][10]
स्वारेज आफ्नो फुटबल खेल जीवन भरी विवादले घेरिएका छन्। [note 2] उनले तीन पटक आफ्नो विपक्षी खेलाडीलाई टोकेका थिए भने सन् २०१० को विश्वकपमा उनले गोल लाइनमा हातले बल रोकेका थिए। [note 3] स्वारेजलाई मैदानमा लडेको नाटक गर्ने आरोप लाग्ने गरेको छ र यो कुरा उनले स्वीकार गरेका छन्।[18][19] सन् २०११ मा फुटबल सङ्गठनले उनलाई पेत्रिस इभ्रालाई जातीय दुर्ववहार गरेकोमा दोषी पाइएको थियो भने यो निर्णयमा स्वारेजले विवाद गरेका थिए।