रोल्वालिङ हिमाल
From Wikipedia, the free encyclopedia
रोल्वालिङ हिमाल नेपाल दोलखा जिल्ला देखि तिब्बतसम्म फैलिएको हिमशृङ्खला हो। नेपालमा यो हिमशृङ्खला उत्तरपूर्वमा नाङ्पा ला देखि दक्षिणपश्चिममा तामाकोशी नदीसम्म फैलिएको छ। रोल्वालिङ हिमाल अन्तर्गत मेलुङ्छे (७१८१ मि)[1] मेलुङ्छे दोस्रो (७०२३ मि) र गौरीशङ्कर हिमाल (७१३४ मि) लगायत अन्य ६००० मिटर भन्दा अग्ला ५० वटा जति हिमालहरू पर्दछन्।
छरितो तथ्यहरू रोल्वालिङ हिमाल, सर्वोच्च बिन्दु ...
रोल्वालिङ हिमाल | |
---|---|
सर्वोच्च बिन्दु | |
शिखर | मेलुङ्छे |
उचाइ | ७,१८१ मी (२३,५६० फिट)[1] |
निर्देशाङ्क | २७°५८′२१″उ॰ ८६°२५′५४″पू॰[1] |
भूगोल | |
राष्ट्रहरू | नेपाल र तिब्बत |
जिल्ला | दोलखा, नेपाल |
हिमशृंखला निर्देशाङ्क | २७°५७′उ॰ ८६°२०′पू॰ |
सीमाना | महालङ्गुर हिमाल |
बन्द गर्नुहोस्