भुटानी शरणार्थी
From Wikipedia, the free encyclopedia
भुटानी शरणार्थीहरू नेपाली मूलका हिन्दू धर्मावलम्बी मानिसहरूको एक समूह हो, जुन सन १९९० देखि पूर्व नेपालको मोरङ र झापा जिल्लाको शिविरहरूमा बसो-बास गर्दै आइरहेको छन्। उनिहरूबाट जबरजस्ती भुटानी नागरिकता खोसेर भुटानबाट लखेटिएको भन्ने उनीहरूको दावी छ। नेपाल र भुटानले स्वदेश फिर्ता गर्ने सम्झौता कार्यान्वयन गर्न नसकेपछि अधिकांश भुटानी शरणार्थीहरू संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालयको रेखदेखमा उत्तरी अमेरिका, ओशिनिया र युरोपमा पुनर्वास गरेका छन्।